• झापा /  नेपाल आइडल सिजन–२ को प्रतिस्पर्धामा झापाली गायक सुमित पाठक पहिलो पटक बटम ३ मा परेपछि सर्वत्र चिन्ता थपिएको छ ।

    आफ्नो चमत्कारिक गलाका कारण गोल्डेन माइक पाएर सोझै प्रतिस्पर्धामा उत्रिएका सुरुङ्गा निवासी १९ वर्षीय यी गायक आफ्नो उत्कृष्ट प्रतिभा भएर पनि भोटकै कारण बटम तीनमा परेपछि भोटका लागि विदेशमा रहेका सहयोगीले आर्थिक सहयोग पठाउन थालेका छन् ।

    हाल जर्मनमा रहेर व्यावसाय गर्दै आएका सुरुंगाका राजु श्रेष्ठले नगद एक लाख र हङकङमा रहने रवि श्रेष्ठले समेत एक लाख रुपैयाँ सुमितका लागि भोट गर्न नेपाल पठाएका छन् ।

    सो रकम सुमित जिताउ अभियानमा खर्च गरिने समितिका संयोजक राजेश घतानीले बताए । यता प्रकाश श्रेष्ठले समेत नेपालभित्रैबाट रहेर सुमित पाठक जिताउनका लागि आर्थिक सहयोग मात्र नभइ प्रचारप्रसार र भोटमार्फत् पनि सहयोग गर्दै आएका छन् ।

    यस पटकको कठिन जितसँगै सुमित पाठक नेपाल आइडलको टप–७ भित्र पर्न सफल भएका छन् ।

    यसअघिको प्रतिस्पर्धाबाट नेपाल आइडलका कान्छा प्रतिस्पर्धी १७ वर्षीय क्रिशल कँडेल बाहिरिएपछि बाँकी ७ प्रतिस्पर्धीमध्येका कान्छा प्रतिस्पर्धी सुमित नै बनेका छन ।

    हरेक बिहीबार साढे ८ बजेदेखि एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडल सिजन–२ हेरेर सुमितको भोटिङ कोड १२ टाइप गरी ३१००९ मा पठाउन वा नेपाल आइडलको रेस्पेक्ट एण्ड राइज एप डाउनलोड गरी भोट गर्न सबैमा अनुरोध गरिएको छ ।













सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…