काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज गोप्य छलफल भएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा केही मन्त्री समेत सट्टा भर्ना गर्ने कुरो उठेको छ ।
‘प्रचण्ड’ले केही मन्त्री फेर्न पर्ने भो भन्दा बालुवाटारमा प्रधानमन्त्री ओली मौन रहेको समाचार स्रोतले बताएको छ । उक्त भेटवार्तामा पार्टी एकीकरणसम्बन्धी समेत गम्भिर छलफल भएको थियो ।
आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिनेबारे अध्यक्षद्धयबीच आज विशेष कुराकानी भएको हो।
प्रधानमन्त्री अवस्वस्थ भएकोले पार्टीका विभिन्न बैठकहरु बस्न ढिलाई भैरहेको नेता तथा कार्यकर्ताको गुनासो तिब्ररुपले बढेको छ ।