• भक्तपुर, २ मङ्सिर  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

    रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने बताउनुभयो । “सङ्घीयता कार्यान्वयन गर्ने विषयमा केही अन्योल देखिएकाले काममा केही ढिलासुस्ती भएको हो,” उहाँले भन्नुभयो, “सङ्क्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प छैन ।”

    संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुईदलीय प्रणालीतर्फ जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानाको विकल्प नरहेको उहाँको भनाइ थियो । हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले काङ्ग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…