• काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर मेचीनगर—६ ले सातलाख रुपैयाँ भन्दा बढी घाटा व्यहोर्नु परेको छ । दाताले बोलेको रकम उपलब्ध नगराउँदा आयोजकले यति धेरै घाटा बेहोर्नु परेको हो । प्रतियोगिताका समयमा बोलेको रकम उठन नसक्दा आयोजक घाटामा जानु परेको प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन मार्फत आय—व्याय सार्वजनिक कार्यक्रमा जानकारी गराइएको थियो । रकम नउठेकै कारण आय व्यय सार्वजनिक गर्न एक वर्ष ढिलो समेत भएको आयोजकले जनाएको छ । गएको मंसिर ६ देखि १५ गतेसम्म काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको थियो ।
    अध्यक्ष मिनबहादुर वस्नेतले आम्दानी तर्फ ४१ लाख ८५ हजार १ सय रुपैयाँ तथा खर्चतर्फ ४९ लाख ३६ हजार १ सय ८० रुपैयाँसहित ७ लाख ५१ हजार ८० रुपैयाँ घाटा व्यहोर्नु परेको पत्रकार सम्मेलन मार्फत आय—व्याय सार्वजनिक गरेका थिए । दाताहरुले बोलेको रकम नदिँदा आयोजकले यति ठुलो आर्थिक व्ययभार व्यहोर्नु परेको उनले बताए ।
    विभिन्न स्रोतबाट ४१ लाख ५ हजार १ सय रुपैयाँ आम्दानी भएको थियो भने ४९ लाख ३६ हजार १ सय ८० रुपैयाँ खर्च भएको छ । सवैभन्दा बढी टिम व्यवस्थापनमा १ लाख १७ हजार १ सय रुपैयाँ र १४ लाख ७ हजार रुपैयाँ पुरस्कारतर्फ खर्च भएको छ ।
    कार्यक्रममा मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ, खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, समाजसेवी बालकृष्ण थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतलगायतले पत्रकारहरुको जिज्ञशाको जवाफ दिएका थिए । सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिताको चौथो संस्करणका विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालन अशोक राईले गरेका थिए ।
    यसैगरी, सेन्टर चौथो संस्करण यहि पुष अन्तिम साता गर्ने तयारी गरिरहेको छ । सेन्टरले प्रतियोगिताका लागि एन्फामा पत्राचार गरेको र एन्फाबाट मिति तय गरेर आएपछि प्रतियोगिता आयोजना गरिने छ । जिल्ला फुटबल संघका महासचिव सेरबहादुर बस्नेतले लगभग पुष अन्तिम सातासम्ममा प्रतियोगिता हुने बताए ।
    उनले प्रतियोगिताको राशी समेत बृद्धि गरेर जाने तयारी गरिरहेको बताए । यसैगरी प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने दुई जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरु सुर्याेदय टेलिभिजन तथा जन—संसद दैनिकमा कार्यरत पत्रकार लक्ष्मी उप्रेती र कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गणेशमान मुखिया रहेका छन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
    यसअघि विवेचना दैनिकका समाचार संयोजक रमेश समदर्शी र फोटो पत्रकार कृष्ण सिञ्जालीलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको थियो 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…