• काठमाडौँ, २ मङ्सिर।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    यहाँ आज आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउँदै नेकपाको सचिवालय र स्थायी समितिको अब बस्ने बैठकमा सरकारले आठ महीनामा गरेका कामका बारेमा समीक्षा हुने जानकारी दिनुभयो । सरकार अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सफल भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।

    राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले वर्तमान सरकारले नौ महीनामा चाहेजति काम गर्न नसकेको तथा मुलुकमा उद्योग तथा लगानीको वातावरण बन्न नसकेको पनि विचार राख्नुभयो । ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही तथा यातायात व्यवसायमा एकाधिकार प्रणाली हटाउने जस्ता सरकारको प्रयास प्रभावकारी नभएको उहाँको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…