• देबु बानियाँ
    झापा । नेपाल जेसीजको जनकपुरमा हुने ४५ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा जेसीजकर्मीहरुमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
    वर्ष २०१९ का लागि राष्ट्रिय पदाधिकारीहरुको नेतृत्व चयनका लागि उनीहरुमा चुनावी माहोलले छोएको छ । पुष ७ गतेदेखि १० गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजमा हरेक एक वर्षमा नयाँ नेतृत्व चयन हुन्छ । जसका लागि महाधिवेशनले चयन गर्नेछ । नेपाल जेसीजको विधान अनुसार १ जना अध्यक्ष ४ जना कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष चयन गर्नु पर्छ ।
    राष्ट्रिय पदाधिकारीको उम्मेदवारीका लागि एक महिना अघि नै नेपाल जेसीजमा नामवली पठाइसकिएको छ ।
    हालसम्म नेपाल जेसीजको सचिवालयमा प्राप्त नामवली अनुसार अध्यक्षका लागि ६ जना, ४ कार्यकारीणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा २३ जनाको नामवली रहेको छ ।
    अध्यक्षको आकाक्षीमा महेश पौडेल, अरुणोश्वर खनाल, अशोक शंकर, विकास मानान्धर, मनिष रमन शाह, सुदिप राजभण्डारी रहेका छन् । उनीहरु सबै पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्षसहित विभिन्न पदमा जिम्मेवारी बहन गरिसकेका छन् । महेश पौडेल इटहरी जेसीज, अरुणोश्वर खनाल विसहजार जेसीज, विकास मानन्धर काभ्रे जेसीज, मनिष रमन शाह जनकपुर जेसीज र सुदिप राजभण्डारी बाग्लुङ जेसीजका पूर्व अध्यक्ष हुन् भने अशोक शंकर पथरी जेसीजका संस्थापक अध्यक्ष हुन् ।
    यसैगरी कार्यकारीणी उपाध्यक्ष आकाक्षीका रुपमा मञ्जरी घिमिरे (टङ्की सुनवरी जेसीज), अमिश ढकाल (गछिया जेसीज), अनिलबहादुर शाही (कर्णाली जेसीज), श्याम सुन्दर घिमिरे ( मिलन) (विराटनगर जेसीज), अत्युल प्रसाई (बुधवारे जेसीज), रविन पोखरेल (नुवाकोट जेसीज), रमेशचन्द्र भुषाल (कपिलवस्तु भुषाल), हेमराज खनाल (कोहोलपुर जेसीज), राजेन्द्र घिमिरे (बुटवल जेसीज), सन्तोष कुमार रौनियार (दुवही जेसीज) ले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरु यस अघि राष्ट्रिय उपाध्यक्षमा रहेर जिम्मेवारी बहन गरिसकेका छन् ।
    यसैगरी राष्ट्रिय उपाध्यक्ष आकाक्षीका रुपमा रुकमणि सिग्देल (भकुण्डेबेसी), हरिकुमार शर्मा (बसामाडी), मोहनलाल डाँगी( थानकोट), भोजराज चापागाई (रामनगर), कमल भण्डारी(सिदार्थनगर), लालमणि भण्डारी (त्रिभूवननगर), कृणप्रसाद अर्याल(नवलपुर), आषिश शर्मा(गोदावरी), सुशिल बुढाथोकी(धापासी), गोकुल सापकोटा (गैढाकोट), प्रकाश लामिछाने (कोहोलपुर), अर्जुन अधिकारी (नारायणगढ), झनकबहादुर अधिकारी(कपन), समुनकृष्ण श्रेष्ठ (पाटन), रामनिवास कुश्वाह (कलइया), दिपेश बोहोरा (अतरिया), शिव सुवेदी(पोखरा), अनन्तकुमार अधिकारी (चन्द्रनिगापुर), अमृत मल्ल (पर्सा खैरेनी), सञ्जयकुमार पाठक (रामनगर), इनु थापा(काठमाडौँ), लालकेश जैसी(टिकापुर), अजयकुमार देव (अर्जुनधारा) रहेका छन् ।
    महाधिवेशनको पूर्व तयारीमा उनीहरुमा देशभरमा रहेका शाखाहरुबिच भोट माग्ने क्रम समेत बढेको छ ।

     

     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…