• दोलखा, २ मङ्सिर  : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको छ ।

    दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आज आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उहाँले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गर्नुभयो ।

    “दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ”, दाहालले भन्नुभयोे ।

    पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन ।” उहाँले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दावी गर्नुभयो ।

    रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…