• काठमाडौं । नेपाली काँग्रेसका कोइराला परिवारका दोस्रो पुस्ताका त्रिशक्ति (सुजाता कोइराला, डा शेखर कोइराला र डा शशांक कोइराला) ले  विराटनगरमा एउटै फुलको  मालामा बाँधिएर एक भएको सन्देश दिएको अर्को दिन नै पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुग्दैछन् ।

    नेपाली काँग्रेसको आसन्न महासमिति बैठकमा लैजाने राजनीतिक प्रस्तावका बारेमा प्रदेश १ का नेताहरुसंगको छलफल साथै सुझाव संकलन गर्ने क्रममा देउवा सोमबार साँझ ५ बजे बुद्धएयरको उडानबाट विराटनगर जान लागेको राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीले बताए ।

    काँग्रेसको केन्द्रीय समितिले यतिबेला सातै प्रदेशमा राजनीतिक प्रस्तावबारे स्थानीय नेताहरुसंग सुझाव संकलन गरिरहेको छ । सोही क्रममा देउवा सोमबार साँझ विराटनगर जान लागेका हुन् ।

    रायमाझीका अनुसार मंगलबार बिहान ११ बजे वीरेन्द्रसभा हलमा काँग्रेस १ नम्बर प्रदेशका नेताहरुको भेला हुनेछ । सोही कार्यक्रममा देउवाले कार्यक्रम उद्घाटन गर्नेछन् ।

    देउवाले त्यहाँ काँग्रेसलाई सशक्त बनाउन र तात्नका लागि नेताहरुसंग आब्हान गर्नेछन् । कार्यक्रममा हालै नियुक्त गरिएका  उपसभापति विजयकुमार गच्छदार पनि सहभागी हुने बुझिएको छ ।

    नेता रायमाझीले भने, ‘प्रदेश १ को नाताले उहाँ पनि आउनु हुने नै छ, बिहान कन्फर्म होला ।’

    काँग्रेसले आउँदो महासमितिको बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ ।

    आइतबार राति नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशन गर्ने समय दुई महिना बहुमतका आधारमा थपेर देउवा विराटनगर हान्निन लागेका हुन् । उक्त निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको सहमति बिना नै बहुमतका आधारमा गरिएको हो ।

    यता, कोइराला परिवारले विपी कोइराला र गिरिजाप्रसाद कोइरालाको काँग्रेसमा अझै प्रभाव रहेको भन्दै आसन्न महासमिति बैठक र महाधिवेशनलाई लक्षित गरी डा शेखर, डा शशांक र सुजाता एक ठाउँमा भेला भएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…