• महोत्तरी, ३ मङ्सिर

    : महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स बिग्रिएको महीनाँै बित्दासमेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।

    सरोकारवाला निकायले मर्मतका लागि समयमै पहल नगरेपछि बिरामीको लागि अतिआवश्यक एम्बुलेन्स स्वास्थ्य संस्थाको कुनामा आफैँ थला परेर राखिएका छन् । महँगो दरमा खरीद गरी ल्याएको एम्बुलेन्स बिग्रिँदासमेत मर्मततर्फ न त स्थानीय सरकारले ध्यान दिएका छन् न त जिल्ला स्वास्थ्य कार्यालयले नै । यसबाट बिरामीलाई उपचार गराउन बाहिर लैजान समस्या हुनेगरेको छ । यहाँका बिरामीलाई उपचार गर्न बाहिर पठाउँदा महँगो भाडामा गाडीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको गौशालाका व्यवसायी नागेन्द्र साहले बताउनुभयो । सरकारी भाडादर कम र सहज हुने हुँदा एम्बुलेन्स बिरामीको पहिलो रोजाइ भएपनि जिल्लाका विभिन्न स्थानमा एम्बुलेन्सको अभावमा निजी सवारी साधनको व्यवस्थापन गर्न अधिक समय खर्च भएपछि कतिपयको अकालै ज्यान जाने गरेको साहको भनाइ छ । जिल्ला जनस्वास्थ्यका गिरेन्द्र झाले बिग्रिएको एम्बुलेन्सको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । स्वास्थ्य संस्थाहरूले एम्बुलेन्स लिने तर बिग्रिएको बारे कुनै जानकारी नगराउने प्रवृत्तिका कारण महीनौँ बित्दासमेत एम्बुलेन्स थन्किएर बस्नुपरेको अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालय र महोत्तरी रेडक्रसमा दर्ता हुने एम्बुलेन्सको सङ्ख्या २८ रहेको छ । जसमध्ये १० वटा एम्बुलेन्स विगत एक वर्षदेखि कामै नलाग्ने गरी महीनाँैदेखि बिग्रिएर थन्किएका छन् । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…