• अर्जुन जम्नेली राई /रतोकलम

    २०७५ मंसिर ०३ सोमबार

    काठमाडौ । सामाजिक, मानव अधिकारकर्मी तथा साझा राजनीति व्यक्ती पद्मरत्न तुलाधरलाई राष्ट्रिय बिभूती घोषणा गर्न माग हुने भएको छ ।

    तुलाधर अन्तिम समयमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलनको केन्द्रिय संयोजक हुनुहुन्थ्यो । उक्त आन्दोलन समितिको प्रवक्ता डा. ओम गुरुङको अध्यक्षतामा भएको बैठकले तुलाधरलाई राष्ट्रिय बिभूती घोषणा गर्न नेपाल सरकारसँग पहल हर्ने, उहाँले लिनु भएको विचारलाई निरन्तरता दिन पद्मरत्न तुलाधर प्रतिष्ठान गठन गर्ने र उहाँको सम्झनामा स्मृति ग्रन्थ प्रकासन गर्ने लगायतको निर्णय भएको छ ।
    कुपोन्डोलमा आज भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक देव गुरुङ, सुरेश आले मगर, सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष कुमार राई, खसान संघर्स समितिको अध्यक्ष प्रेम खाती, आन्दोलन समितिको सदस्य दुर्गा राई लगायतको उपस्थिति रहेको थियो ।

    बैठकले पद्मरत्न तुलाधर स्मृति ग्रन्थ प्रकासनको संयोजनको लागि डा.ओम गुरुङ, आङकाजी शेर्पा, दुर्गा राई, शान्ती राई लगायतको समिती गठन भएको छ । सोही समितिले प्रतिष्ठान गठनको लागि तुलाधर परिवारसँग समन्वय गर्ने बताइएको छ ।

    तुलाधर पछिल्लो समय संविधानले उत्पीडित समुदायको अधिकार नसमेटेको भन्दै आदिवासी जनजाती राष्ट्रिय आन्दोलनको संयोजक भएर आन्दोलनमा थिए । आन्दोलन समिती २०७१ असोज ३० गते गठन भएको थियो । समितिको सचिवालयमा तुलाधार, नेपाल आदिवासी जनजाती महासंघको संस्थापक महासचिव सुरेश आलेमागर, पूर्व अध्यक्ष पासाङ शेर्पा, पूर्व महासचिव डा.ओम गुरुङ, मल्ल के सुन्दर र पर्सुराम तामाङ रहेका थिए । पहिचान स्थापनालाई नै मुख्य उदेश्य लिएर गठन भएको आन्दोलन समितिमा पहिचान केन्द्रित दलका नेताहरु, पहिचानको मुद्दाप्रती सकात्मक नेताहारु, जातीय संगठनका प्रतिनिधिहरु सहभागी थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…