समाचार लेखेर पाठकलाई सुसुचित गर्ने मात्र होईन्, लेखेकै भरमा दुख पिडामा परेकाहरुलाई सधैं सहयोग जुटाउन क्रियाशिल हुने पत्रकारको नाम हो, प्रकाश पाक्साँवा । तेह्रथुम छथर,गाउँपालिका २ निवासी प्रकाश परोपकारी पत्रकारीता गर्ने पत्रकार भनेर चिन्छिन् । उनले लेखेको समाचार बिभिन्न दुख बिराममा परेकाहरुको लागि लाखौं सहयोग जुटेको छ । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ र प्रेस युनियन तेह्रथुमको सचिव रहनुभएका प्रकाशको पत्रकारिता यात्राको आरोह अवरोहहरु रातोकलम डटकमले खोतल्ने प्रयास गरेको छ । उहाँसँगको कुराकानी जस्ताको तस्तै-
तपाई कहाँ जन्मीनुुभयो ?
छथर गाउँपालिका २ साबिक हमरजुङ ४ जोरघारा तेह्रथुम
कस्तो परिवारमा ?
आार्थीक रुपमा बिपन्न परिवारमा
बाल्यकाल कसरी बित्यो ?
बिद्यालयको पढाईको साथमा अरुकोमा ज्याला मजदुरी गर्दै ।
पत्रकारिता क्षेत्रमा कसरी आउनुभयो ?
सानैबाट रेडियो प्रेमीको साथै पत्रपत्रिकाहरु पढी रहन्थे साथमा आफ्ना मनका भावनालाई सिर्जनाको माध्यमबाट पोख्न पाउने साहित्य नै भएकोले पनी म यस क्षेत्रमा आएको हो । साहित्य सृजनामा तल्लिन हुँदै पत्रकारितामा आए ।
सुरुवाती दिनमा कस्तो थियो ?
सुरुवाती दिनहरु त सामान्य नै रह्यो गाउँबेशी देउराली भन्ज्याङहरु सँगै लुकामारी गर्दै ।
पहिलो पटक आफ्नो समाचार छापिदिएको दिन कस्तो लागेको थियो ?
पहिलो पटक आफुले लेखेको समाचार छापिदाँ खुशी हुनुका साथै मैले लेखेको समाचार पनि छापिदो रहेछ लाग्यो । राष्ट्रिय पत्रिकामा आफ्नो समाचार छापिन्छ भन्ने कल्पना पनि गरेको थिएन ।
पत्रकार बाहेक केही बन्ने सपना थियो की ?
खासै सपना त केही थिएन पत्रकार नभएको भए सायद बिदेश तिर लाग्थेँ होला ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
यस क्षेत्रमा मलाई कसैले ल्याएको हैन म सानैदेखी रेडियो प्रेमीका साथै गाउँमा भएका गतिबिधीहरु सबैको माझमा ल्याउनु पर्छ भन्ने बिचारको मान्छे , त्यसैले पनि होला मेरो रोजाई पत्रकारिता बन्यो ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
स्थापितको कुरा गर्नु पर्दा म जिल्लाको नि गाउँबाटै पत्रकारिता गर्दैै आएको मान्छे, सुरुका दिनहरुमा गाउँ गाउँमा मोबाईलको पहुँच थिएन । गाउँमा केन्द्रमा रहेका बजारबाट सञ्चार माध्यमबाट मिसकल गर्थे ,अनि कल आउथ्यो त्यहाँबाटै समाचार टिपाउँथे । त्यस्तै समय बित्दै जाँदा गाउँ गाउँमा मोबाईलको नेटवर्क बिकास भयो तर मोबाईल किन्ने पैसा थिएन अरुकै मागेर चलाउँथे । एकदिन मावली दिदीको भेना हाम्रो घरमा आउनु भयो एउटा बिक्रीएको मोबाईल बनाएर चलाउ भनेर छा्ड्नु भयो त्यै फोनबाट मैलै समाचार टिपाउँदै आए । प्रबिधीको बिकास सँगै इमेल ईन्टरनेटको चलन सुरु भएपनि मलाई प्रबिधीले छुन सकेको थिएन । १५ सय रुपैयाले सिवान मोबाईल किनेर फेशबुकबाटै समाचार लेख्दै आए । मेरो बारेमा मोबाईलबाटै समाचार रिपोटिङ गर्दै पत्रकार भन्ने समाचार प्रकाशन सँगै समाजसेबी संखुवासभा चैनपुर निबासी हङकङका कार्यरत सरिता चाम्लिङ ज्युले ल्यापटप सहयोग गर्नु भयो त्यही ल्यापटपले आज सम्म मेरो पत्रकारिताको यात्रालाई डोहोर्याउँदै आएको छु ।
तपाईले गर्न खोजेको पत्रकारिता कस्तो हो ?
मैले गर्न खोजेको पत्रकारिता समाजमा भएका सत्यतथ्य कुरालाई आफ्नो कलमको माध्यमबाट प्रकाशन तथा प्रसारणमा ल्याउनुको साथै समाज रुपान्तरणमा कलमबाटै परिवर्तन ल्याउनु हो ।
स्थानीय स्तरबाट कतिको सहयोगको छ ?
स्थानीय स्तरबाट खासै सहयोग छैन । मेरो पत्रकारितलाई स्थानीय स्तर भन्दापनि बिदेशी रुपमा रहनु भएका समाजसेवीहरुले सहयोग गर्नु भएको छ । हङकङबाट समाजसेबी सरिता चालिम्ङ ज्युले ल्यापटप ,ईजराईलमा कार्यरत देब बास्कोटा ज्युले सम्मान स्वरुप ३० हजार र कूरुम्भङ समाज हङकङले ३५ हजार नगद सहित सम्मान गर्नु भएको छ । उहाँको माया ममता साथ सहयोगले गर्दा नै आज यहाँ सम्म आई पुगेको छु ।
पत्रकारितासँगै के कस्ता समाजिक कामहरु गरिरहनुभएको छ ?
पत्रकारिता सँगै बिभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रहँदै भौतिक निमार्णका कामहरुमा सकृयता जनाउँदै आएको छु ।
विरामीहरुको लागि धेरै कलम चलाउनुहुन्छ नि ?
हजुर,पक्कै पनि म पनि आर्थीक रुपमा बिरामीहरुको पिडाले मलाई छुन्छ । मैले चलाएको कलमले पिडामा मलम बन्न सकोस झै लाग्छ । त्यस्तैपनि म बिरामीको लागि कलम धेरै नै चलाउँदै आएको छु ।
हाल सम्म क कस्लाई लेखे सहयोग जुटाईदिनुभयो ?
हजुर मैले चलाएको कलमबाटै हालसम्म ६० लाख भन्दा माथी सहयोग रकम जुटी सकेको छ । सबैभन्दा ठुलो त मिर्गाैला पिडीत खिनामाया कूरुम्भङको निम्ती ३० लाख बराबरीमा रकम जुट्यो । मिर्गौला प्रत्यारोपण गरी अहिले नयाँ जिवन पाउनु भएको छ । त्यस्तै भद्र कुमारी तोलाङगी बाख्राको खोरमा बस्नेलाई घर निमार्ण ,गंग बहादुर लिम्बुको घर बन्यो, लगायत १ दर्जन बढी पिडीतहरुले मेरो कलमबाटै सेवा पाएका छन् । खुशी लाग्छ । यसमा मेरो कलम मात्र नभएर दाताहरुको ठुलो हात छ ।
राम्रो काम गरिरहँदा पनि कुरा काट्नेहरु कत्तिका छन् ?
कुरा काट्नेहरु त भै नै हाल्छन तर काट्नेहरु काट्दै गर्छन् आफ्नो काम गर्न छाड्नु हुन्न ।
पत्रकारितामा कस्ता कस्ता दुख भोग्नुभएको छ ?
पत्रकारितामा दुखको कुरा गर्दा पत्रकारको सुरक्षा दिने राज्यबाटै दमनमा म पनि परेको छु ।
पेशा परिवर्तन गर्न मन लाग्दैन ?
लाग्दैन यही पेशामा नै रमाउन सिकी सकेको छु ।
आफ्नै नजरमा प्रकाश के हो र कोहो ?
समाजको पिडामा मलम बन्न सक्ने एक सेवक हो । साथै पिडीतहरुको पिडा सँगै खेल्ने एक कुशल समाजिक नागरिक हो ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
समाजमा निम्ती एक कुशल समाजसेवीको रुपमा चिनोस यानकी अरु नागरिक भन्दा फरक बन्न सकुँ झै लाग्छ ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
सफल पक्ष भन्नु पर्दा आफ्नो कुरा खुलेर राख्ने, जो कोहीको पिडामा सहयोग गर्न सक्ने सुख भन्दा दुखमा रमाउन सक्ने अरुलाई होच्याएर नबोल्ने हो ।
अनि कमजोर पक्ष चहि नी ?
छिट्टै रिसाउने ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
म आफु जस्तो छु अरुलाई पनी आफु जस्तै हेर्छु । समस्यामा परेकालाई समाधानको बाटोमा डोर्याउनु,साथ सहयोग गर्नु नै हो ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
स्वाभावको कुरा गर्नु पर्दा सबै संग घुलमिल हुने आफ्नो कुराहरु नलुकाउने अरुको कुरा जान्न उत्सुत्कता जाग्ने ।
तपाईलाई कति खेर रिस उठ्छ ?
अरुले आफ्ना कुराहरु लाद्न खोज्दा ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
जब म यो संसार सँग रमाउँदै जिवनको परिकल्पना गर्छु अनी एकोहोरो भएर सोच्न थाल्छु तब भाबुक बन्छु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
सके सम्म संयमित हुने प्रयास गरी रहेको हुन्छु कसैले मलाई होच्याएर भनेपनि तिन पटक सम्म सही रहन्छु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
मनले चाहेको कुराहरु थोरै भएपनी पाएको महशुस हुँदा ।
तपाईका दुःखहरु के हुन् ?
जीवनमा सोचे झै प्रगतीको बाटो लम्की रहन नसक्नु ।
अनि तपाईको सुख चाहि नी ?
संघर्षमा जीवन जिउन नै सुख झै लाग्छ ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
समाचार रिपोटिङमा राज्यबाट कुटिदाँ कुनै पक्षबाट पनि प्रेश बिज्ञप्ति नआउँदा ।
अनि खुसीको क्षण चहि नी ?
खुसीको क्षण समाचारको प्रभाबले सहयोग जुटाउन पाउँदा ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो
आर्थीक कम्जोरीका कारण लक्ष्यमा पुग्न नसक्नु ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
निरन्तर रुपमा कलम चलाई रहँदै कलमकै माध्यम साथमा परिवारको अथाह सहयोगले गर्दा पार गर्दै आएको छु ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
समाजको निम्ति सेवा गर्नु र समाजको सेवकको रुपमा आफुलाई उभ्याउनु ।
अनि गलत चहि नी ?
आर्थीक अभाबका कारण शिक्षाको बाटोलाई अगाडी बढाउन नसक्नु ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
गरिबीका कारण राम्रो शिक्षा नपाउनु ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
मनले चाहेको कुरा पुरा नहुँदा जबकी पाएको बस्तुलाई सम्हाल्नु नसकी गुमाउनु पर्दा ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
साधा जिवन उच्च बिचार राख्ने पिडामा जिउन जान्ने धनको घमण्ड नदेखाउने ।
अनि कस्तो मान्छे मन पर्दैन ?
समाजमा भएको पिडाहरुको पिडाहरु खिल्ली गरी उडाउने ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
साहित्य सिर्जना गर्नको साथै समाजको पिडाहरु केलाउँदै ।
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
पत्रकारिता बाहेक साहित्य सिर्जना ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
जीवन काडाँ कि फुल
कस्ता फिल्म हेर्नुुहून्छ ?
सेन्टिमेन्टल,
तपाईलाई मनपर्ने फिल्म ?
प्रदेशी ।
दोहोराएर हेर्नुभएको फिल्म ?
सुब्बासाप ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
निखिल उप्रेदी निरुता सिंह ।
मनपर्ने गायक–गायिका ?
नारायण गोपाल,अरुण लामा
मनपर्ने ठाउँ ?
इलाम,
तपाईलाई मनपर्ने नेपालका नेता
?
बिपी कोईराला
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
नेल्सन मन्डेला
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
गगन थापा
नेपालका मन पर्ने साहित्यकार ?
झमक कुमारी घिमीरे
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
छैन संघर्षले आज यहाँ आई पुगेको छु ।
अनि यो समाजप्रति चहि नी ?
समाज प्रति गुनासो के गर्नु र सबै आर्दशबादी चिन्तनले भरीएका छन । मुखमा रामराम बगालीमा छुरा हान्ने मात्रै छन ।
जीवन के रहेछ ?
संघर्षको मैदान दुखसुखको फुलबारी हो ।
बाँकी योजना र सपना कस्ता छन् ?
बाँकी योजना केही छैन । सपना त आफुले भोगेको पिडालाई संगाल्दै आउने पिडीहरुलाई राम्रो बाटोमा डोर्याउनु हो ।
यो क्षेत्रमा लागेर के पाउनुभयो ?
समाजको माया
अनि के गुमाउनु भयो ?
गुमाएको छैन ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सक्ने बातारण बनेको छैन तर आफैले बनाउँदै अगाडी बढ्दा अबश्य बाँच्न सकिन्छ । यसका लागी निरन्तरताको खाँचो रहन्छ ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
पत्रकारिता समाजको दपर्ण हो । समाज परिर्वतनका निम्ती कलम चलाउनु हाम्रो पहिलो कर्तब्य हो । छिट्टै उपलब्धी पाउने होडमा हात नहाल्न आउने पुस्तालाई आग्रह गर्छु । निरन्तरताले मान्छेलाई एकदिन सफलतामा पुर्याउँछ । जाँदा जाँदै आज मलाई तपाईको यो सञ्चार माध्यममा मेरा मनका कुराहरु पस्कीने मौका दिनु भयो यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।