• झापा । पनौती जेसीजले यस वर्षको समुदायमा जेसीज कार्यक्रम मंसिर १ गतेबाट सुरु गरेको छ । समुदायमा जेसीज अन्तरगतको उद्घाटनका दिन पनौती जेसीज र पनौती आमा समूहको सहकार्यमा त्रिवेणी घाट इन्द्रसरोवर मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जसमा ७४ जनाको सहभागिता रहेको थियो ।
    यसैगरी सोमवार पनि यस शाखाले लड्केश्वरी मेलामा स्वयमसेवकको भूमिका निर्वाह गरेको शाखा अध्यक्ष सुभाष खड्काले बताउनु भयो ।
    समुदायमा जेसीज अन्तरगत मंसिर ६ गते एमसि तालिम, मंसिर ९ गते चित्रकला प्रतियोगिता, मंसिर १४ गते शैक्षिक सामाग्री वितरण र मंसिर २२ गते मैत्रीपूर्ण फुटबल हुने अध्यक्ष खड्काले बताउनु भयो । कार्यक्रम सम्पन्न गर्नका लागि अनिल बोलखे, रामसुदन केसी, हिरासिंह तामाग, अनिल बस्नेत, कल्याण मगराती र नविन रावललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…