• विराटनगर। नेपाल पत्रकार महासंघ प्रदेश समितिको संयोजनामा विराटनगरमा पत्रकारहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामि पुस पहिलो साता सम्मेलन गर्न लागिएको पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले सोमबार विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।
    पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा देशभरका जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रतिष्ठानका अध्यक्षहरूको सहभागितामा हुने प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश १ को संयोजनमा सम्मेलन हुनेछ । सम्मेलनमा पत्रकार महासंघको विभिन्न नीति र समन्वय साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल हुने बताइएको छ ।
    लामो समयदेखि पत्रकार महासंघ प्रदेश पार्षदले आफ्नो भूमिका नभएको गुनासो गरेपछि फागुन महिनाभित्र प्रदेश पार्षद तथा पत्रकार महिलाको भेला गर्ने तयारी समेत महासंघले गरेको छ । त्यस्तै मंसिर महिना प्रदेश समितिको भवनको निर्माणका लागि शिलान्यास गर्ने घोषण महासंघले गरेको छ । महासंघ भवन बनाउनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ दिएको छ । महासंघको केहीदिन अघि बसेको बैठकले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक लागू गर्न सरोकारवालासँग समन्वय र छलफल गर्ने निर्णयसमेत गरेको छ ।
    पत्रकार महासंघको प्रदेश समितिको बैठक केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…