• काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुत्र वियोगको शोकलाई शक्तिमा बदल्न सक्षम भएको बताएका छन् ।

    आफ्ना छोरा प्रकाश दाहालको स्मृति तथा श्रद्धाञ्जली सभामा प्रचण्डले शोकलाई शक्तिमा बदल्न सहज नभएपनि सबैको सद्भाव र मायाका कारण परिवार विघटन हुनबाट जोगिएको बताए ।

    सम्बोधनको क्रममा दाहालले भने,‘मलाई धेरै भन्नु छैन। एउटा परिवार र देशका लागि स्तब्ध हुने समाचार बन्यो उनको निधन। सजिलो थिएन शोकलाइ शक्तिमा बदल्न।

    तर देशका लागि कुदेका हामिले त्यो गर्नुपर्थ्यो। सबैको सद्भाव र मायाले हाम्रो परिवार विघटन हुनबाट जोगियो। प्रकाश उदीयमान युवा थिए । देशलाई उनको आवश्यकता थियो । तर अब घटना त भयो नै। हजारौै प्रकाश जन्माउनेमा हामी र म केन्द्रीत भयौं ।

    कार्यक्रमको सुरुदेखि नै प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल देखिन्थिन् । मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालेका थिए ।

    कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, बाबुराम भट्टराई, मोहन वैद्य, लोकेन्द्र बहादुर चन्द, कमल थापादेखि खिलराज रेग्मीसम्म उपस्थित थिए । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

    कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…