काठमाडौं । हिन्दू धर्मलाई चिनाउनको लागि धेरै संकेत तथा प्रतीकहरुको प्रयोग गरिएको हुन्छ । हिन्दू देवी देवातालाई जनाउन र उनीहरुको पराक्रम र महत्व जनाउनको लागि यस्ता प्रतिक तथा संकेतहरु प्रयोग गर्ने गरिएको हो ।
हिन्दू धर्ममा ओम, स्वस्तिक, तिलका, झण्डा र कमलको फल जस्ता संकेतहरु विशेष प्रयोगमा आउने गरेको छ । तिनीहरुको प्रयोगको बारेमा तल उल्लेख गरिएको छ ।
ओम : ओम हिन्दू धर्मको अत्यन्तै पवित्र र सांकेतिक चिह्न हो । यो क्रिश्चियनहरुको क्रस चिह्न जस्तै सर्वव्यापी भएको छ । त्यस्तै ओम हिन्दू धर्ममा एउटा संकेत र चिह्ह्न भन्दा पनि खुल्ला असिमिततालाई जनाउने शब्द हो । यो हिन्दूहरुको लागि यति पवित्र शब्द हो कि अन्तिम वास्तविकता र सम्पूर्ण जीवन र बस्तुको अस्त्विको स्रोत हो यो । यसको महत्वलाई सबै प्रार्थना र सबै देवीदेवताको अर्चना ओम बाट नै सुरु हुने कुरामा मूल्यांकन गर्न सकिन्छ । यसको आवाज ध्यान र चिन्तनमा समेत प्रयोग गरिन्छ । आ्मल् ईश्वरका तीन पक्षलाई प्रतिनिधित्व गर्छ । ब्रह्मा विष्णु र शिव अर्थात् ओम । यसरी ओमले इश्वरीयता र सर्वशक्तिमानको उपस्थितीलाई जनाउँछ ।
स्वस्तिक : ओम पछि स्वस्तिक चिह्न हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण चिह्न र संकेत हो । यो नाजीको चिह्न जस्तो देखिन्छ र यसका हाँगाहरु घडीको सुई घुम्ने दिशातिर अलिअलि झुकेर सबैले केन्द्रमा समकोण बनाएर जोडिएका हुन्छन् र चारै दिशामा तिखो पारेर फिँजिएका देखिन्छन् । यसले निश्चितताको असीमित प्रकृतिलाई जनाएको हुन्छ । यसरी स्वस्तिक चिह्नले असीमितताको सर्वव्यापकतालाई जनाउँछ । यो संस्कृत शब्द सु र आस्तिकबाट लिईएको हो । जसको अर्थ असल र अस्तित्व हुन्छ । यसको समग्र अर्थ पनि असल र कल्याण जताततै रहिरहोस् भन्ने हुन्छ ।
तिलका : यो चिह्न पनि हिन्दूधर्महरुको एकदमै महत्वपूर्ण चिह्न हो । यो चिह्न श्रीखण्डको चन्दन, पवित्र बेहुत, कुमकुम मिलाएर निधारमा यस्तै ढाँचाको चिह्न बनाएर लगाईन्छ । तिलकालाई शुभ र पवित्र संकेतका रुपमा लिईन्छ ।
झण्डा : कडा सुन्तला रंगको झण्डा हिन्दू धर्मको सांकेतिक र पवित्र शुभ रंगका रुपमा लिईन्छ । यसले अग्निलाई प्रतिनिधित्व गर्ने हुनाले यस चिह्नले महाआत्मालाई प्रतिविम्वित गर्छ । बीचबाट छुट्टिएर दुई भागमा बाँडिएका सुन्तले रंगका यस्ता झण्डाहरु हिन्दू मन्दिरका टुप्पामा फहराईएका देखिन्छन् ।
कमल : कमलको फूल पनि हिन्दू धर्मको अर्काे महत्वपूर्ण चिह्न वा संकेतको रुपमा चिनिन्छ । कमलको फूलले मूल रुपमा सुन्दरता र असंलग्नतालाई वा आशक्तिहीतालाई प्रतिनिधित्व गर्दछ । कमलले पोखरी वा दहको हिलोमा जरा गाडेको हुन्छ । तापनि पूल भने हिलो र पानीमा नभिजीकनै पानीमाथि फुल्ने गर्दछन् । यसरी कमलले जस्तोसुकै अस्वस्थकर वातावरण, पापी र लोभी संसारबाट कसरी अलग्गै रहनुपर्छ भन्ने देखाएको छ ।