• काठमाडौँ ३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ ।

    सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताउनुभयो ।

    पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गर्नुभएको थियो ।

    कार्यक्रमका संयोजक गगनकुमार थापाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो । काङ्ग्रेसले सबै युवालाई समेट्न युवा मैत्री नीति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उद्घाट्नपछि सुझाव सङ्कलनका लागि पाँच समूह बनाएर दिनभर छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका पार्टीका केन्द्रीय सदस्य, काङ्ग्रेस आबद्ध सङ्घीय र प्रादेशिक सांसद, महासमिति सदस्य, क्षेत्रीय सभापति, स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका प्रमुख र उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।

    समितिले शनिबार प्रदेश नं २ र गण्डकी प्रदेशको सुझाव सङ्कलन गरिसकेको छ । यही मङ्सिर ४ गते प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मङ्सिर ६ गते प्रदेश नं ५ मा सुझाव सङ्कलन कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

    प्राप्त सुझावलाई एकीकृत गरी पार्टीको केन्द्रीय समितिमा पेश गर्ने र केन्द्रीय समितिबाट पारित प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ । काङ्ग्रेसको महासमितिको बैठक यही मङ्सिर २८ देखि आगामी पुस ३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…