• विराटनगर, ३ मङ्सिर ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पार्नुभयो ।

    पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उहाँले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भन्नु्भयो । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…