विराटनगर/ ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च ओहोदामा रहेका प्रहरी अधिकारी विरुद्ध सरकारी वकिलको कार्यालय सर्वाेच्च अदालतमा जाने तयारी गरेका छन् ।
उच्च दालत विराटनगरको आदेशपछि सारधण तारेखमा छुटेका दुई प्रहरी अधिकारी र गोरेका सहयोगीसहित तीन जना विरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अदालती बन्दोबस्तीको सर्वोच्चमा १७ नम्बर गर्ने तयारी गरेको हो ।
उच्चको आदेश वदर गरी थुनामा राखेर पूर्पक्ष गर्न सर्वाेच्च अदालत जाने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सहन्यायधीवक्ता चिरञ्जिवी पराजुलीले बताए । उनका अनुसार उच्चले साधरण तारेखमा छोडेका पूर्व डिआइजी गोबिन्द निरौला, एसपी विकाशराज खनाल र गोरेका सहयोगी राम तिवारीको विरुद्ध सर्बाेच्चमा १७ नम्बर गर्ने अन्तिम तयारी गरेको जानकारी दिए ।
मदन शिलवाल र प्रभाव अग्रवालको आदेशको नक्कल मगाएर सर्बाेच्चमा मुद्दा दायर प्रकृया अघि बढाउने उनको भनाइ छ । शिलवाल र अग्रवाल समेत केही दिन अगाडी उच्च अदालको आदेशपछि धरौटिमा छुटेका थिए ।