• काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप फाइभमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् । उनले भारत,चीन,फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् ।

    मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको च्यानलको दाबी छ । श्रृंखलाको अनुपम सौन्दर्य,उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा उल्लेख छ । साथै ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको च्यानलले जनाएको छ ।

    श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…