• इटहरी । स्पष्ट वक्ता, सरल स्वभाव र शालिन व्यक्त्वि नै उनको परिचय हो । नेपालको पूर्वी जिल्ला सुनसरीका युवा सफल व्यवसायी उनी व्यवसाय क्षेत्रमा जति सफल छन् उति नै जेसीज मनहरुभित्र परिचित छन् । पछिल्लो वर्षयता युवा पुस्तामा रुचाएका व्यक्ति हुन् महेश पौडेल ।
    पूर्वको सुन्दर नगरी इटहरी उपमहानगरपालिका वार्ड नं. ६ मा वि.सं. २०३७ साल पौष २८ गते पिता ज्ञान प्रसाद पौडेल र माता दुर्गा देवी पौडेलको कान्छो छोराका रुपमा जन्मनु भएका पौडेल इटहरी जेसीज वर्ष २०१२ का डाइनेमिक लिडर हुन् । जेसीजमा प्रवेश गरेर छोटो समयमा राम्रै उपलब्धी लिने व्यक्तिहरुको सुचिमा पौडेलको पनि नाम आउँछ । उनको व्यक्तिगत क्षमता अनि कुशल नेतृत्व नै उनको सफलताको सिँढी हो ।
    सन २००६ मा इटहरी जेसीजमा प्रबेश गर्नु भएका यी युवा बर्ष २००७ का सफल उपाध्यक्ष मात्र नभई सर्वाेत्कृट शाखा सदस्य बाट पुरस्कृत हुनुभयो । बर्ष २००८ मा इटहरी जेसीजमा कोषाध्यक्ष (उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार), बर्ष २००९ मा महासचिव भै नेपाल जेसीजको उत्कृष्ट महासचिव पुरस्कार समेत प्रप्त गर्न सफल हुनु भयो । बर्ष २०१० मा कानुनी सल्लाहकार हुँदै बर्ष २०१२ मा
    इटहरी जेसीजको शाखा अध्यक्ष भई पूर्व क्षेत्रकै सम्पूर्ण युवाहरुको नेतृत्व गर्नु भयो ।
    उनको यो यात्रा यतिमै सिमित रहेन । एउटा निश्चित गन्तव्य लिएर हिडेका व्यक्ति बिच बाटोमा रोकिन्दैन भने झैँ उहाँले सन २०१३ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गर्नु भयो । बर्ष २०१५ मा नेपाल जेसीजको बोर्ड सल्लाहकार र बर्ष २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भई कुशल नेतृत्वकर्ताको पहिचान बनाइ सक्नु भएको छ । साथै उहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जेसीज मनहरुलाई एउटै मालामा गास्ने अभियानमा निरन्तर लाग्नु भएको छ । देशका हरेक शाखालाई परेको समस्याहरुसँग सहकार्य गर्दै आउनु भएको छ । ‘जहाँ अफ्ठ्यारो त्याहाँ महेश’ जसले हरेक शाखाका कठिन मोडहरुलाई सहज रुपमा समाधान गर्नु भएको छ ।
    बर्ष २०१६ मा नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रहदाँ JCI Academy Japan मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनु भएको थियो । यसैगरी युवा नेता पौडेलले थाईल्यालेण्ड, मलेशिया, इन्डोनेसिया, कोरिया, चाईना, दुबई, अजरबैजान र भारतलगायतका देशहरुमा भ्रमण गरी अन्तराष्ट्रिय अनुभव बटुल्नु भएको छ । साथै अन्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान समेत बनाउनु भएको छ । यति मात्र होइन सन २०१२ मा शाखा अध्यक्ष भएको समयमा उहाँले जेसीआइ नेपालको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउनु भएको थियो । जुन जेसीजहरुका लागि गर्वको विषय बनेको थियो र इतिहाससम्म रहनेछ ।
    हामीलाई लाग्दछ कि जस्तो सुकै कठिन परिस्थितिलाई सहजरुपमा ग्रहण गरी अफ्ठ्याराहरुलाइ अवसरमा बदल्न सक्ने विशेषता बोकेका हसिला, लगनशील यी व्यक्ति आफु संलग्न संघ संस्थालाई समृद्ध बनाउन सक्ने क्षमता भएका पूर्व क्षेत्रका उर्जावान र सफल युवा व्यवसायी हुन । यी तेजस्वी प्रतिभाका धनी पौडेल जेसीज संस्था बाहेक अन्य विभिन्न सामाजिक क्षेत्रमा समेत आबद्ध भएर समाज सेवमा निरन्तर तल्लिन र।हनु भएको छ । लायन्स क्लब अफ इटहरी सिटकीका Charter President, त्यसैगरी नेपाल रेडक्रस सोसाई्टी, रोटरी क्लब अफ इटहरी लगायतका अन्य संघ संस्थाहरुमा समेत आबद्ध रहनु भएको छ ।
    जनता मा.वि. बाट एसएलसी, बहुमुखी क्यामपस इटहरी बाट बाणिज्य शास्त्रमा स्नातक गर्दै महेन्द्र मोरङ्ग क्याम्पस विराटनगर बाट ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ ।
    व्यक्ति, समाज राष्ट्र हुँदै अन्तराष्ट्रिय परिवेशमा अब्बल दर्जाको नागरिकको रुपमा परिचय स्थापनका लागि व्यवसायिक हुनु पर्दछ भन्ने तथ्यलाई हृदयगंम गरी ब्लुमिङ्ग लोटस इटहरी कलेज, पाथिभरा ग्यास फ्याक्टरी एवम युनिक फुटवेयर इटहरीका संचालकको रुपमा रही सफल व्यवसाय गर्दै आउनु भएका कुशल युवा उद्यमी हुनुहुन्छ उहाँ । उहाँका धर्मपत्नी प्रनिता आचार्य पौडेल र एक छारी रियांशी पौडेल हुनुहुन्छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…