• मंसिर ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । किटाणुजन्य रोग निवारणका लागि प्रयोग हुने एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण मानिस र पशुपंक्षीमा जिवाणुहरु बलियो र औषधिको प्रभाव घट्दै गएकाले नियन्त्रणका लागि आग्रह गरेको हो ।

    आवश्यक भन्दा धेरै वा थोरै मात्रामा एन्टीवायोटिकको प्रयोगले रोग प्रतिरोध क्षमतामा प्रभाव पार्ने भन्दै जथाभावी प्रयोग नगर्न चिकित्सकहरु सुझाउँछन् । चिकित्सकीय सुझावमा प्रयोग गर्नुपर्ने एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण स्वास्थमा प्रतिकुल असर पर्ने प्रतिवेदन विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । नेपाल लगायत एशिया र अफ्रिकाका विपन्न राष्ट्रहरुमा एन्टीबायोटिकका गलत प्रयोगले वर्षेनी ७ लाख मानिसको मृत्यु हुने गरेको संगठनको तथ्याङ्क छ । यो क्रम नरोकिए सन् २०५० सम्म बर्षेनी १ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।

    चिकित्सकीय निगरानीमा प्रयोग गरिनुपर्ने भएपनि सर्वसुलभ भएका कारण एन्टीबायोटिकको गलत प्रयोग हुन थालेको छ । आवश्यक भन्दा थोरै या धेरै प्रयोग गरेमा पनि यसले शरीरलाई हानी गर्ने चिकित्सक मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। दिपेन्द्र रमण सिंहले बताउनुभयो । एन्टीवायोटिकको अनुचित प्रयोगको न्युनिकरण गर्न सन् २०१५मा संगठनले विश्वव्यापी रणनीतिक कार्य योजना अपनाएको छ । सोही योजना बमोजिम हरेक वर्ष नोभेम्बर १२ देखी १ सातासम्म सचेतनामुलक कार्यक्रम गरिँदै आएको छ ।

    पशु पंक्षीलाई दिइने एन्टीबायोटिकबाट समेत मानिसको स्वास्थ्यमा समस्या पर्ने गरेको छ । मापदण्ड नपुर्‍याइ एन्टीबायोटिक दिइएका पशुको मासु प्रयोगका कारण मानिसमा असर गर्दछ । राज्यले भने सो को नियमनका लागि अझै पहल नगरेको पशु सेवा विभागका उप महानिर्देशक सम्झना काफ्लेले बताउनुभयो । एन्टीबायोटिक प्रयोगमा हुँदै आएको लापरवाहीबारे मन्त्रालयले चासो देखाएपनि व्यवस्थापकीय पहल नभएको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताउनुभयो ।

    चिकित्सकको सल्लाह बमोजिम प्रयोग गर्नुपर्ने एन्टीबायोटिकको आफुखुशी प्रयोग नगर्न मन्त्राललयले आग्रह भन्दा नियमन गर्नु जरुरी देखिएको छ । अन्यथा सुर्तीजन्य पदार्थले शरीरलाई असर गर्ने थाहा हुँदा हुँदै पनि यसको प्रयोगमा कहाँ कमी आएको छ र रु समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…