• धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशुति विभागमा गर्भवती महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

    मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृत्युपछि आइतबार साँझ प्रशुति विभाग केही समय तनावग्रस्त बन्यो । बीपी प्रतिष्ठानमै विगत ६ महिनादेखि नियमित चेकजाँच गराउँदै आएकी धनकुटा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङकी मनिषा लिम्बूको मृत्यु भएको हो । मृककका आफन्तले चिकित्सकहरूले समयमा चेकजाँच नर्गदा सुत्केरीको मृत्यु भएको बताएको छ ।

    चिकित्सकले भने मृतक लिम्बूको ‘एम्युनेटिक फ्ल्युड इम्बोलिजम’ का कारण मृत्यु भएको मृत्यु प्रमाण पत्र थमाएको छ । उक्त प्रमाण पत्रमा सिनियर रेजिडेन्ट ज्योत्सना यादवले हस्ताक्षर गरेकी छन् । बच्चा गर्भ रहेका बेला पाठेघर भित्र रहेको तरल पदार्थलाई ‘एम्युनेटिक फ्ल्युड’ भनिन्छ । उक्त तरल पदार्थ नसाको माध्यमबाट छाती वा फोक्सोमा पुगी मृत्यु भएमा ‘एम्युनेटिक फ्ल्युड इम्बोलिजम’ भनिन्छ ।

    त्यो हुँदा गर्भवतीको ९९ प्रतिशत मृत्यु हुने सम्भावना रहने प्रशुति विभागका चिकित्सक दाबी गर्छन् ।

    चिकित्सकका अनुसार सुत्केरीलाई व्यथा लागिसकेपछि यस्तो सम्भावना बढी रहन्छ । तर, यस्तो समस्या विशेष गरेर ३५ वर्षमाथिका सुत्केरीहरूमा बढी हुने सम्भावना रहेको अनुसन्धानले देखाएको छ । विकिपिडियाका अनुसार प्रत्येक १ लाख सुत्केरी महिलामध्ये १२ जनासम्मलाई यस्तो समस्या हुन सक्छ ।

    मनिषालाई कात्तिक ३० गते भर्ना गरेको थियो । तर, उनको बच्चा जन्मिने मिति भने मंसिर २३ गते दिएको थियो । भर्ना गरिसकेपछि पनि बेडसमेत नदिई राखेको र वेथा लागे पनि ‘लेवर’ रूपमा नलगी बाहिर नै राखिरहेको पीडितकी फुपू सासु मेनुका लिम्बूले बताइन् ।

    आइतबार राति एक्कासी गम्भीर भएपछि बारम्बार नर्सलाई भन्दा ‘दोस्रो बच्चा हो’ आत्तिनु पर्दैन भन्दै हप्काउने मेनकाले बताइन् । उनका अनुसार त्यसपछि बिरामी एक्कासी चिसोमा बस्छु भन्दै बेडबाट उत्रिएपछि मृत्यु भएको बताइन् । यो घटनापछि प्रशासनसँग छलफल गर्ने भनिए पनि आइतबार छलफल बसेन ।

    सोमबारको छलफलमा क्षतिपूर्तिसहितको माग गरिए पनि प्रशासनले मृतकका श्रीमान विनेन्द्र लिम्बू र ८ वर्षीया छोरी मानवी लिम्बूलाई प्रतिष्ठानमा जीवनभर निःशुल्क उपचार गरिदिने सहमति बनेको उनले बताइन् ।

    छलफलमा अस्पतालका तर्फबाट अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साह रहेका थिए । उनले भने, ‘गर्भवतीमा केही कम्प्लिकेसन आएर मृत्यु भएको हो । एम्युनेटिक फ्ल्युड एम्बोलिजम भएको थियो ।’ उनले के सहमति भयो भन्ने विषयमा नखुलाए पनि ‘अस्पतालले मानवीय दृष्टिले गर्नसक्ने कुरा’ गरेको बताए ।

    उनले प्रतिष्ठानले कसैलाई आर्थिक क्षतिपूर्ति दिन सक्दैन भनेर प्रष्ट राखेको बताए । ‘हामीले मृतका आफन्तलाई तीनवटा अप्सन दिएका थियौं । त्यही अप्सनमा उहाँहरू मान्नुभयो ।’ उनले फोनसम्पर्कमा भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…