• झापा । झापाको बिर्तामोडमा आज साँझ सडक दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ कार्यक्रमको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालकै चर्चित  सांगीतिक ब्यान्ड नेपथ्यले प्रस्तुति दिदैछ ।

    कार्यक्रमलाई प्रभावकारी रुपले सम्पन्न गर्न आवश्यक सबै तयारी भइसकेको आयोजक समितिले जनाएको छ । प्रदेश नम्बर १ का प्रमुख सहरलाई दुर्घटनामुक्त बनाउने उद्देश्यले महाअभियानलाई साथ दिन नेपथ्य ब्यान्डले आज डोमालाल राजवंशी रंगसालामा प्रस्तुति दिन लागेको हो । ब्यान्डले दुई घण्टा आफ्नो प्रस्तुति दिनेछ । अभियान सहारा नेपालको संयोजन तथा विभिन्न स्थानीय संघसंस्थाहरुको सहयोगमा हुने भएको छ ।

    अभियानलाई प्रभावकारी बनाउन आयोजकले सहयोगार्थ सन्देशमूलक सांगीतिक कार्यक्रम राखेको हो । कार्यक्रमबाट संकलित रकम र विभिन्न निकायबाट जुट्ने आर्थिक सहयोगबाट सडक दुर्घटना रोकथाम सम्बन्धी विभिन्न गतिविधिमा खर्च गरिने जनाएको छ ।

    सांगीतिक कार्यक्रममा ५ हजारभन्दा धेरै दर्शकको सहभागिता रहने बताइएको छ ।
    प्रत्यक्ष अप्रत्यक्ष सहभागी हजारौँ संगीतप्रेमीहरु पनि यस अभियानका अभियन्ता हुने आयोजकले दाबी गरेको छ । नेपथ्य ब्यान्डको सांगीतिक प्रस्तुतिका लागि ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महाअभियान आयोजक समितिका संयोजक तथा सहारा नेपाल (साकोस) कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी बताए ।

    सहारा नेपाल (गैरसरकारी संस्था) सहित अन्य दर्जनौं संघसंस्थाले प्रदेश ट्राफिक प्रहरी कार्यालय र प्रदेश सरकारसँग सहकार्य गरी सवारी दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गर्न लागिएको महाअभियान आयोजक समितिका संयोजक गिरीले बताए । अभियानलाई सार्थकता प्रदान गर्न चार चरणमा काम गर्ने आयोजक समितिको तयारी छ ।
    आज कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतमध्येबाट प्रस्तुतिका लागि चयन गरेको छ ।

    त्यसबाहेक दसौँ एल्बम सार्वजनिक गर्ने तयारीको संघारमै रहेको ब्यान्डले ताजा गीत पनि आफा स्रोता दर्शकलाई सुनाउनेछ । ‘हामीले काठमाडौँभित्र वा बाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र स्रोतालाई एकरुपता दिँदै आएका थियौँ’, नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भने, ‘यसपटक पनि कलाकार र प्राविधिकसहितको भ्रमण दलदेखि लिएर अत्याधुनिक साउन्ड सिस्टमसहितको प्रस्तुति गर्नेछौँ ।’

    कन्सर्टमा दर्शकका निम्ति प्रवेश शुल्कमा एकरुपता राख्दै प्रतिटिकट एक हजार रुपैयाँ कायम गरिएको छ ।
    कार्यक्रममा सहभागिता जनाउने महिला दर्शकको निमित्त सुरक्षित स्थानको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…