• विराटनगर, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एउटा घरमा त झगडा र कलह हुने बताउँदै पार्टीभित्रको मतभेद सामान्य भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन देउवाले बोल्दै देउवाले भने, ‘झगडा नभएको कुनै घर छ देखाउनुस त ? घर जस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् ।

    यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु ।’ उनले नेताहरुबीच बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै मंसिर २ गते महामन्त्री डा. शशांक कोइराल, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिंदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए ।

    देउवाले भने, ‘परिवार त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो । मिलेरै अघि बढ्ने हो ।’ पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए । कोइराला परिवारसमा जस्तै अब काँग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने बताए ।

    पार्टी संचालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो । देउवाले पार्टीमा रहेको समूह, उप–समूह,उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए ।

    पार्टीमा एक भएको फोरम लोकतान्त्रि मिलाउने क्रममा उप–सभापति मनन् गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने, ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु । यो राजनीतिक निर्णय हो ।’ नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए ।

    विराटनगरको जेनियल होटेलमा बसेका देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका छन् । होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…