• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ७ – स्थित भक्तिराम अधिकारीको घरमा आज दिउँसो आगलागी हुँदा एक करोड ११ लाख क्षति भएको छ ।

    दिउसो १ : ३० बजेतिर आगलागी हु“दा अधिकारीको काठले बनेको दुई तले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मुल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक प्रकास पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाख बढीको लगानी रहेको र घर समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।



    आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु १ लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्कीले बताउनु भयो । आगो दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैचा र इटहरीबाट आएका दमकल र स्थानीयबासीको प्रयासमा करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…