उदयपुरमा सक्रिय पत्रकारिता गरिरहेका युवा हुन,विश्वराज तामाङ ।
पत्रकारिता विषयबाट स्नातकोत्तर अध्यानरत तामाङ त्रियुगा मिडिया गु्रपका अध्यक्ष पनि हुन् । जसअन्तगर्त त्रियुगा टाइम्स साप्ताहिक त्रियुगा एक्सप्रेस दैनिक र उपहार एफ।एम ९५।४ मेघाहर्ज सन्चालित छन् । न्यूज २४ टेलिभिजनका उदयपुर सम्वाददाता तामाङ थुप्रै संघसंस्थामा आवद्ध छन् । नेपाल प्रेस युनियन उदयपुर सचिव तथा केन्द्रिय पार्षद तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका कोषाध्यक्ष भइसकेका छन् । उनीसँग उनको पत्रकारिता लगायत जिवन भोगाई सम्बन्धि गरिएको कुराकानी
तपाई कहाँ जन्मीनुुभयो ?
मेरो जन्म २०४८ साल बैशाख २८ गते खोटाङ जिल्लाको दिक्तेलमा भएको हो
कस्तो परिवारमा ?
सामान्य परिवारमा भएको थियो
बाल्यकाल कसरी बित्यो ?
वाल्यकाल राम्रै संग वितेको थियो
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
२०५६ सालमा उदयपुर बसाई सरी आयौ मैले प्रारम्भिक शिक्षा त्रियुगा नगरपालिका १ (साविकको) बोक्से बालमन्दिरबाट लिएको थिए जहाँ कक्षा ५ सम्म मैले अध्ययान गरेको थिए । त्यस पछि बाकी शिक्षाको लागि त्रियुगा उच्च माध्यमीक विद्यालय गाईघाटमा भर्ना भए सानै देखि केहि गरौ भन्ने भाव थियो, विद्यालयले आयोजना गर्ने हरेक अतिरिक्त क्रियाकलापमा सहभागीता जनाएर सधै प्रथम स्थान हासिल गर्थे, पढाई पनि राम्रो थियो । यसै क्रममा विद्यालयमा रहेको बाल क्लबमा आबद्ध भए बाल क्लबले भित्ते पत्रिका निकाल्न सुरु गरेको रहेछ मैले पनि आफ्ना रचनाहरु भित्ते पत्रिकामा दिन थाले (कुरा २०६०÷०६१ हो) पछि बाल पत्रिकाहरु कोपीलाहरु खोजी खोजी पढ्न थालियो, भित्ते पत्रिकामा आफ्नो रचना प्रकाशन हुदाँ खुसी भएको पछि भित्ते पत्रिकाको तयारी आफैले गर्नु पर्ने जिम्मेबारी आईपर्यो, त्यस पछि भित्ते पत्रिका हुदै स्थानिय पत्रिकाहरुको खोजी गर्न थाले त्यस समयमा गाईघाटमा माझखर्क साप्ताहिक पत्रिका लोकप्रिय पत्रिका थियो । उक्त पत्रिकामा मैले २०६१ साल तिर कविता प्रकाशनको लागि दिए पत्रिकामा कविता छापिएको दिन धेरै खुसी भए त्यस दिन जीवनमा धेरै खुसी भएको थिए, आफ्नो नाम पत्रिकामा आए पछि खुसी नहुने कुरै भएन त्यस पछि क्रमिकरुपमा पत्रिकामा रचनाहरु प्रकाशन गर्न थाले रचनाहरु प्रकाशन गर्दै जान थाले पछि पत्रिकाको सम्पादक महेश्वर चाम्लिङ दाईले पत्रिकाको बाल स्तम्भ हेर्ने जिम्मेबारी दिनु भयो । पत्रिकाको बाल स्तम्भको लागि रचना संकलन र बाल बालिका संबन्धि समाचार लेख्नु पर्ने मेरो जिम्मेबारीमा पर्यो आफ्नो जिम्मेबारी पुरा गर्दै गए पत्रिकामा काम गर्न निरन्तरता दिन थाले । २०६२÷०६३ साल तिर बाल पत्रकारको परिचय बनाई सकेको थिए यसरी पत्रकारिता क्षेत्रमा प्रवेश गरेको थिए ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ? नेपाली पत्रकारितालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
पत्रकारिता मेरो रहर थियो त्यहि भएर रहरले पत्रकारितामा लागे रहर पनि पुरा हुदै गयो पछि यो पेशा त्यागेर अन्य पेशा तर्फ लाग्न मन लागेन यसैलाई व्यसायीक बनाएर अघि बढ्नु पर्छ भन्ने लाग्यो, पत्रकारिता पेशा आफैमा एउटा संघर्ष हो, अझ भनौ मोफसलमा बसेर पत्रकारिता गर्नु आफैमा चुनौती र कष्टपूर्ण छ ।
नेपाली पत्रकारितालाई मुल्यांकन गर्नु पर्दा पत्रकारिता क्षेत्र अझै पनि व्यवसायीक बन्न सकेको छैन मोफसलमा पत्रकारितामा लागेका साथीहरुको पृष्ठभुमी हेर्दा सुरुमा रहरले पत्रकारितामा लागेको र पछि यसैलाई पेशाको रुपमा अघि बढाएको देखेको छु, नेपाली पत्रकारिताको अबस्था अझै पनि सुधार हुन सकेको छैन, पत्रकार भएर न्यूनतम आवश्यक्ताहरु पुरा गर्न सकिएको छैन पत्रकारिता पेशालाई व्यवसायीक बनाउनका लागि सरकारले सोच्नु पर्छ ।
अरु केही बन्ने सपना थियो की ?
सपना त थियो र अहिले पनि छ तर परिवारको सपना र मेरो सपनामा अलिक फरक थियो, मेरो दुई जना ठूलो वुवा र मामा व्रिटिसको लाहुरे हुनुहुनथ्यो परिवारले पनि मलाई लाहुरे बनाउने सपना लिएको थियो । जब मैले एस.एल.सी परिक्षा सक्छु त्यस पछि धरान या पोखरामा लाहुरेको तयारी गर्नु पर्छ भन्नु हुन्थ्यो बा आमाले सानो यो बुबा आमा र परिवारले बुनेको सपना थियो । तर मेरो सपना भनेको सानै देखि देश र समाजले चिन्ने व्यक्ति बन्छु भन्ने थियो, मलाई सानै देखि राजनितिमा लाग्ने रहर थियो राजनितिमा लागेर समाज सेवा गर्दै सांसद बन्छु भन्ने सपना थियो । तर राजनितिमा टिक्न गाह्रो रहेछ क्याम्पस पढ्दा विद्यार्थी राजनितिमा पनि लागे तर राजनिति भन्दा पत्रकारिता प्यारो लाग्यो कालान्तरमा पत्रकारिता संगै समाजसेवामा लाग्ने सपना बोकेको छु ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
पत्रकारिता क्षेत्रमा आफै आए
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
स्थापित हुनका लागि संघर्ष त गर्नै पर्छ बाल पत्रकारिताबाट सुरु गरेको यात्रा अहिले १४ बर्ष पुगेछ यस क्रममा करिब ५ बर्ष विभिन्न संचारमाध्यमहरुमा काम गरे तर व्यवसायीक रुपमा अघि बढ्न गाह्रो भयो । पछि २०६७ साल देखि व्यवसायीकरुपमा त्रियुगा टाइम्स साप्ताहिक प्रकाशन शुभारम्भ गरे मैले व्यवसायीक रुपमा सुरु गरेको यात्रा राम्रै भयो, मोफसलमा पत्रकारिताको समस्या र चुनौतीका विच पत्रकारिता टिकेको महशुस गरिरहेको थियो । पछि आफु संगै सहकर्मी साथीहरु पत्रकारिताको नयाँ पुस्तालाई व्यवसायीक बनाउनु पर्छ भन्ने सोचका साथ २०७१ साल देखि त्रियुगा एक्सप्रेस दैनिक पत्रिकाको शुभारम्भ गरे यी दुवै पत्रिका प्रेस काउन्सील नेपालमा वर्गीकरणमा पर्न समेत सफल भयो स्थानिय बजारमा छापा संचार माध्यमको राम्रो छाप बनाउन सफल पनि भईयो हाम्रो समुह संग सर्वसाधरणले विद्युतीय संचार माध्यमको समेत अपेक्षा गरे पछि दुई बर्ष अघिको तयारीबाट चार महिना देखि उपहार एफ.एम ९५.४ मेघाहर्ज प्रशारण गरिरहेको छौ । त्रियुगा मिडिया ग्रुपबाट हाल अघि बढिरहेको छु, करिब तीन दर्जन सहकर्मीहरुको साथमा रहेर पत्रकारिता क्षेत्रको व्यवसायीक यात्रा गरिरहेको छु ।
आफ्नै नजरमा विश्वराज के हो र कोहो ?
आफ्नै नजरमा भन्न पर्दा एक युवा संचार उद्यमी र समाजसेवी हो, जो हर समय परिवार भन्दा पनि समाजको लागि सोच बोकेर हिड्ने एक सामाजिक स्वंमसेवक हो ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
समाजको एक सचेत नागरिकको रुपमा परिचित गराउन चाहान्छु ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
कुनै पनि कुरालाई गम्भीरताका साथ लिन्छु कुनै पनि बिषयमा सोच विचार गरेर निर्णयमा पुग्छु
अनि कमजोर पक्ष चहि नी ?
चाडै अरुको विश्वास गर्ने
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
प्रत्यक्ष संवाद हुदाँ उसको हाउभाउ हेरेर
तपाईलाई कति खेर रिस उठ्छ ?
जब एक पटक भनेको कुनै पनि कामको लागि दोस्रो, तेस्रो पटक भनीरहनु पर्छ त्यस समयमा
अनि कतिखेर भावुक हुनहुन्छ ?
कसैको दुःख पाएको देख्न नसक्दा भावुक बन्ने गर्छु
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
जब आफुलाई मनमा लागेको कुरा कसैले आकर्षक तरिकाले व्यक्त गर्छ त्यस समयमा
तपाई कतिको संयमित हुनुहुन्छ ?
संयमित त धेरै छु
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
जब आफुले चाहेको सफलता प्राप्त हुन्छ
तपाईका दुःखहरु के हुन् ?
जब कसैलाई विश्वास गरेर सहयोग गरिन्छ जस्लाई विश्वास गरिएको हुन्त त्यस व्यक्तिबाट घात हुदाँ
अनि तपाईको सुख चाहि नी ?
सोच्दै नसोचेको सफलताहरु हात पर्दा
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
आमाको टाउँकोमा घरको छतमा रहेको गमला खसेको थियो, त्यस क्रममा आमा करिब दुई महिना सम्म अर्धचेत अबस्थामा रहनु भएको थियो त्यस समय
अनि खुसीको क्षण चहि नी ?
२०७३ सालमा नेपाल पत्रकार महासंघ उदयपुरको जिल्ला अधिवेशनमा १ मतले कोषाध्यक्ष पदमा निर्वाचित भएको थिए, साथै फोनिजको काठमाण्डौमा सम्पन्न संघिय महाधिवेशनमा सबै भन्दा बढि मत ल्याएर खुल्ला सदस्य पदमा निर्वाचित भएको थिए त्यो क्षण मेरो लागि सबै भन्दा सुखद र खुसीको क्षण थियो ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
पत्रकारिता क्षेत्रलाई व्यवसायीक रुप दिनको लागि जुन समयमा संघर्ष गरिरहेको थिए, जुन समय चरम अभावमा गुज्रनु परेको थियो, घर परिवार र समाजले विश्वास गरि नसकेको अवस्था थियो त्यो समय मेरो लागि परिक्षाको घडिको रुपमा उभीएको थियो ।
त्यसलाई के को बलमा पार गर्नुभयो
आफ्नो कामलाई इमान्दारीताका साथ निरन्तरता दिए, कठिन परिस्तिथीमा पनि संयमीत भएर धर्यता राखेर अघि बढे पछि मेरो निरन्तरता र इमान्दारीताले घर परिवार र समाजको मन जित्न सफल भए त्यस पछि मैले जीवनमा पछि फर्कनु परेन
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
हाल कार्यरत कार्य क्षेत्रलाई निरन्तरता दिने निर्णय मेरो जीवनमा सहि निर्णय गरे जस्तो लाग्छ
अनि गलत चहि नी ?
अपरिपक्क उमेरमा मैले केहि गलत निर्णयमा पुगेको थिए, जसले गर्दा मेरो व्यवसायीक जीवनमा केहि समय पछाडि फर्कन बाध्य भएको थिए ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
प्रचण्ड पुत्र प्रकासको असामायीक निधन हुदा रोएको थिए कारण के थियो भने प्रचण्ड पुत्र स्व. प्रकासले आफ्नो सम्पूर्ण उर्जाशिल उमेर आफ्नो वावुले बोकेको सपना पुरा गर्नका लागि खर्च गरेका थिए, एउटा वावुको कर्तव्यनियष्ट छोराको निधन हुदाँ प्रचण्डको सहनशिलतालाई जुन देखे त्यो क्षणमा धेरै भावुक भए दुई चार दिन सम्म त्यस समयमा एक्लै बसेर रोएको थिए ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
आफ्नो लागि भन्दा पनि अरुको लागि समर्पित हुने मान्छे मन पर्छ
अनि कस्तो मन पर्दैन ?
बोल्ने एउटा र काम गर्दा अर्को गर्ने मान्छे मलाई मन पर्दैन
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
जस्लाई विश्वास गरिन्छ विश्वास गर्ने मान्छे बाट घात हुदाँ त्यस्तो मान्छे मन पर्दैन
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
केहि समय यता फुर्सद अलिक कम हुने गरेको छु, फुर्सदमा टेलिभिजन हेरेर विताउन मन लाग्छ
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
राजनिति र समाजसेवा
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
खुसी र चिना हराएको मान्छे
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
पुस्तक पढ्नका लागि अलिक समय पुगीरहेको छैन, तर पनि जीवनमा केहि गर्नका लागि प्रेरित गर्ने पुस्तकहरु पढ्न मन लाग्छ
कस्ता फिल्म हेर्नुुहून्छ ?
टिप्पीकल नेपाली हास्य व्यांग्यत्मक र सन्देशमुलक गीत मन पर्छ
तपाईलाई मनपर्ने फिल्म ?
छक्का पन्जा
दोहोराएर हेर्नुभएको फिल्म ?
कबडी कबडी हरेको थिए
तपाईलाई म पर्ने हिरो हिरोइन ?
दयाहाङ राई र प्रियंका कार्की
तपाईलाई रुवाएको फिल्म ?
विनायो, अजम्बरी नाता
मनपर्ने गायक–गायिका ?
राजेश पायल राई र मिलन अमात्य
मनपर्ने ठाउँ ?
इलाम
तपाईलाई मनपर्ने नेपालका नेता ?
गगन थापा
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
नेल्शन मण्डेला
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
धनराज गुरुङ
तपाईको आदर्श को हो, किन ?
मरो आमा हुनुहुन्छ किन की मेरो हरेक दुःख र सुखामा आमाको सधै साथ रहने गरेको छ ।
नेपालका मन पर्ने साहित्यकार ?
महाकवी देवकोटा
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
सजिलै कुनै पनि निर्णय लिन सक्दिन, चाडै अरुको विश्वास गर्छु
अनि यो समाजप्रति चाहि नी ?
समाज दिन प्रतिदिन स्वार्थी बन्दै गएको छ, सबैले आफ्नो लागि मात्र सोच्न थालेका छन्
जीवन के रहेछ ?
जीवन एउटा चक्र हो जहाँ जन्म र मृत्यु सत्य छ र एउटा भोगाई हो जहाँ हरेक कुराहरु भोग्नु पर्छ
बाँकी योजना र सपना कस्ता छन् ?
मोफसलमा व्यवासायीक पत्रकारिताको जग बसाउने योजना छ, स्थानिय स्तरमा एउटा टेलिभिजन संचालनमा ल्याउने सोच छ ? जनउत्तरदायी पत्रकारिता गर्दै समाज प्रति समर्पित हुने सोच छ
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
समाजलाई नजिकबाट चिन्ने अबसर पाए, धेरै शुभचिन्तकहरु कमाए त्यति हो
अनि के गुमाउनु भयो ?
समयले सोचे भन्दा चाडै परिपक्क बनायो, जस्ले गर्दा वालपान र किशोर उमेरका साथीभाईहरु संगको समय विताउन पाईन
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिन्छ, जसको लागि आफैमा दक्ष र क्षमतावान हुन आवश्यक छ । तर मिडिया संचालकहरुले पनि श्रमजीवि पत्रकारलाई व्यवसायीक बनाउनका लागि त्यस किसिमको व्यस्थापन गर्नु जरुरी छ ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारिता क्षेत्र एउटा संवेदनशिल क्षेत्र हो, यो क्षेत्रमा लाग्नको लागि अध्ययान आवश्यक छ शैक्षिक योग्यता र समाचार चिन्न र लेख्न सक्ने क्षमता बढाउन आवश्यक छ ।