• काठमाडौं । सन्तनेता कृष्णप्रसाद भट्टराईले २०५६ सालको आमनिर्वाचनमा उम्मेदवार भएका बखत एक प्रसंगमा भनेका थिए– ‘कम्युनिस्ट नेताहरू आफू पनि धनी भए, पार्टीलाई पनि धनि बनाए, तर नेपाली कांग्रेसको नेता आफू मात्रै धनी भए पार्टीलाई गरिब बनाए ।’

    त्यतिबेला उनले धनी नेताहरू भएको गरिब पार्टीका रूपमा आफ्नै पार्टी नेपाली कांग्रेसलाई व्यंग्य गरेका थिए । २०५३ सालताका कुवेर शर्माले नेपाली कांग्रेस छाड्ने उद्घोषका साथ पत्रकार सम्मेलन गरे ।

    पत्रकार सम्मेलनमा कसैले प्रश्न सोध्यो– ‘तपाईलाई कांग्रेस नचाहिएको हो कि कांग्रेसलाई तपाई नचाहिएको हो ?’ शर्माले उत्तर दिए– ‘कांग्रेसमा धेरै नवकुवेरहरू जन्मिसके,  म  पुरानो कुवेरको कांग्रेसका नेताहरूले अब आवश्यकता देखेनन् ।’

    सत्तालाई ठूलो परिमाणमा निजी सम्पत्ति आर्जनको कारखाना बनाउने धन्दा नेपाली राजनीतिमा लामो समयदेखि जारी छ । सबै पार्टीका अधिकांश नेताहरूले यस्तो धन्दा जारी राखेका कारण राजनीतिकर्मीहरूप्रति जनताको दृष्टिकोण राम्रो छैन ।

    तर पाँच वर्षका लागि ढुक्कैले प्रतिपक्षमा बस्ने जनम्यान्डेट पाएको नेपाली कांग्रेसले जनताको यो दृष्टिकोण परिवर्तन गर्ने जमर्को गरेको छ ।

    यो जमर्कोअन्तर्गत नेपाली कांग्रेसले आफ्ना सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सम्पत्ति विवरण संकलन गरी केन्द्रीय कार्यालयमा अभिलेख राखेको छ । तर अभिलेख मात्रै राखिएको हो कि ? छानबिनसमेत गरिन्छ ? भन्ने कुरा खुल्न सकेको छैन ।

    बढी सम्पत्ति भएकाहरूसँग बढी लेबी लिने र त्यो लेबी काठमाडौंमा डेरा भाडा तिर्न नसक्ने केन्द्रीय सदस्यका लागि प्रदान गर्ने उद्देश्यका साथ सम्पत्ति विवरण संकलन गरिएको बुझिएको छ ।

    गरिब केन्द्रीय सदस्यहरूले काला व्यापारीसँग चन्दा लिएर पेट पाल्नुपर्ने अवस्था तथा सत्तामा पुग्ना साथ भविष्यको जोहोका लागि भ्रष्टाचार गर्नुपर्ने अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसले यो जमर्को गरेको हो ।

    जे होस्, कांग्रेसले पहिलो पटक आप्mना केन्द्रीय सदस्यहरुबाट सम्पती विवरण पेश गर्न लगाई अभिलेख राख्न थालेको छ । तरुणका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…