• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ७ इटहरा रोडमा भक्तिराम अधिकारीमा भएको आगलागीप्रति उर्लाबारीका मेयर खड्ग फागोले दुख प्रकट गर्नुभएको छ ।
    आगलागी प्रति दुखी हुँदै उहाँले सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
    मेयर खड्ग फागोले एउटा स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनु पर्ने बताउँदैं भन्नुभयो, ‘यहाँ आगो लाग्दा तत्काल निभाउनका लागि दमकल समेत छैन ।’ फागोले आवश्यक संरचना र पूर्वाधार विनानै स्थानीय तह निर्माण गरिएका कारण पनि यस्तो समस्या आएको बताउनुभयो । ‘जनघनत्व बढी भएका ठाउँमै आगो लाग्दा निभाउने दमकल नहुनु दुर्भाग्यपूर्ण हो,’ उहाँले भन्नुभयो,‘ स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भनिए पनि व्यवहारमा लागू नगरिएका कारण पनि धेरै जसो स्थानीय तहबाटै विभिन्न समस्याको समाधान खोज्न गाह्रो परिरहेको छ ।’ उहाँले नगरपालिका, गाउँपालिका समेतका स्थानीय तहसंग दमकल किन्ने स्रोत पनि नहुने गरेको जानकारी दिनुभयो ।

    ‘नगरपालिकाको आन्तरिक स्रोतबाट दमकल किन्न सम्भव छैन,’ फागोले भन्नुभयो, ‘विभिन्न दातृ निकायसंग अनुरोध गरेर किन्ने तयारीमा हामी लागेका छौं ।’ मेयर फागोले दमकल नहुँदा आगलागीका घटनामा ठूलो मात्रामा मानविय, आर्थिक र भौतिक क्षति बेहोर्नु पर्ने समस्या रहेको बताउनुभयो ।
    यसैविच आगोले इँटा र ढुँगाले बनेको दुई तले घर पूर्ण रुपमा जलेको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेको छ ।

    घर धनी अधिकारीले ५० लाख भन्दा बढीको किराना पसल, पसलमा भएका सबै सामान, १२ हजार रुपैयाँ नगद, दुई तोला सुन, काठपात, लत्ताकपडा, खाद्यान्न लगायतका सामान जलेको पीडितलाई उद्धृत गर्दै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । उहाँका अनुसार आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि सामान्य क्षति पुग्दा एक लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    आगो नियन्त्रणकै लागि दमक, गौरीगन्ज, इटहरी, बेलबारी समेतका ६ वटा दमकल आइपुगेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…