काठमाडौ,५ मंसिर । काठमाडौँ उपत्यकासहितका ठाउँमा आज बिहानको समयमा हुस्सु लागेको छ । बादल लागेको जस्तो भए पनि यो बादल नरहेको र हुस्सु भएकाले क्रमिक रुपमा हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष गरी पूर्वी क्षेत्रमा बुधबार आंशिक बदली हुने सम्भावना रहेको र देशका बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने विभागले जनाएको छ । तराईका क्षेत्रमा पनि बिहान गुहिरो तथा हुस्सु लागे पनि दिउँसो मौसम खुला हुने विभागको भनाई छ । जाडो बिस्तार बढ्ने क्रममा रहेको पनि मौसमविदले जानकारी दिए ।