• परासी,५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो ।

    स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् ।

    एक नगरपालिका र दुई गाउँपालिकामा माओवादी केन्द्र तथा दुई नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व एमालेलाई दिनेमा सहमति नजुटेपछि प्रदेशलाई गुहार्नु परेको हो ।

    स्रोतका अनुसार एमाले समूह सुनवल र बर्दघाट नगरपालिका तथा सरावल र सुस्ता गाउँपालिकाको नेतृत्व आफूले राखेर रामग्राम नगरपालिकासहित पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने पक्षमा छ ।

    माओवादी केन्द्रले सुनवल वा बर्दघाटमध्ये एक नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको नेतृत्व पाउनुपर्ने अडान लिएको छ ।

    जिल्ला कार्यदलले यसअघि नगरपालिका तहबाट ७५ जना र गाउँपालिका तहबाट ७० जनाको नाम सिफारिस गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…