• मंसिर ५, काठमाडौं । नेपाल वायु सेवा निगम टाट पल्टेको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम आर्थिक संकटका कारण डुब्न लागेको खबर न्यूज अफ नेपालमा पढेसँगै म मात्रै हैन आमनेपालीमा चिन्ता बढेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले श्वेतपत्र जारी गरी सरकारसँग २० अर्ब रुपियाँ माग गरेपछि तीनछक परिएको छ । छ दशकको लामो इतिहास बोकेको राष्ट्रिय ध्वजावाहक निगमको अधोगतिले सरकारी स्वामित्वका संस्थानको स्थिति उजागर गरेको छ ।

    निगमभित्रका भ्रष्टाचार र वाइड बडी जहाज खरिदमा घोटाला भएका खबरहरु शृङ्खलाबद्धरुपमा प्रकाशित÷प्रसारित हुँदै आएका छन् । चलिरहेको जहाज बिक्री गरेर भाडामा जहाज चलाउने नियतका पछाडि केही कालो रहेको प्रसट हुन्छ । अहिले दैनिक एक करोड रुपियाँ बढी घाटा बेहोर्नुपरेको निगमले दुईवटा वाइड बडी जहाज ल्याउनु नै दुर्भाग्य मानिएको छ । २४ अर्ब रुपियाँ ऋण खोजेर भित्र्याएका जहाजले गन्तव्य नपाउनु, अन्तर्राष्ट्रिय हिस्सा घट्दै जानु, कमाइभन्दा घाटा बढी हुनुजस्ता अनेकौँ समस्याले ग्रस्त भएको नियमका बेथितिबारे सञ्चारमाध्यमले बारम्बार सचेत नगराएको होइन । निगम नेतृत्वको अदूरदर्शी र अवाञ्छित निर्णयका कारण राष्ट्रिय ध्वजावाहक संकटमा परेकोमा कुनै शंका छैन ।

    ऋण लिएको सावाँ, ब्याज र दैनिक खर्च अचाक्ली बढेपछि निगम धराशयी हुने अवस्थामा पुगेको छ । किनभने, निगमको कर्जा मात्रै ३७ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । जसको वार्षिक ब्याज मात्रै ३ अर्ब ६६ करोड हुन आउँछ । मासिकरुपमा ब्याज मात्रै ३० करोडभन्दा बढी र दैनिकरुपमा एक करोडभन्दा बढी तिर्नुपर्छ । अझै कर्मचारीको तलब, भत्ता, बिजुली, टेलिफोनलगायतका मसलन्द खर्च, निवृत्त कर्मचारीको भुक्तानी हिसाब गर्दा निगमले तिर्नुपर्ने दायित्वको ग्राफ अकल्पनीय छ ।

    यहाँनेर एउटा प्रसंग उठ्छ, उसो भए नौवटा साना र पाँचवटा ठूला गरी १४ वटा जहाज रहेको निगमले वार्षिक कति आम्दानी गर्छ त रु निगमले मासिकरुपमा १ अर्ब २२ करोड रुपियाँ आम्दानी गर्दै आएको छ । तर, खर्च १ अर्ब ५४ करोड रुपियाँ छ । मासिकरुपमा घाटा मात्रै झन्डै ३२ करोड रुपियाँ छ । उसो भए अर्को प्रश्न पनि उठ्छ, निगमको कुल पुँजीचाहिँ कति छ रु जसले सरकारसँग डुबान रोक्न २० अर्ब रुपियाँ मागिरहेको छ रु निगमको जग्गा, भवन र जहाज इन्जिनसहित ४८ अर्ब ९३ रुपियाँको पुँजी छ ।
    जम्मा ७ अर्ब ५९ करोडबराबरका जग्गा तथा भवन रहेको निगमसँग एक महिनाको ब्याजसमेत तिर्न नपुग्ने नगद मौज्दात छ । अर्थात् जम्मा २१ करोड । यस्तो दयनीय अवस्थामा निगमले नाफा कमाउन नसकेमा ऋणमा चुर्लुम्म डुब्नेमा कुनै शंका छैन । आखिर निगम यस्तो टाट पल्टिने अवस्थामा कसरी पुग्यो रु जहाज भाडामा लिँदा र नयाँ खरिद गर्दा कमिसनको खेलमा राष्ट्रिय ध्वजावाहकको टाट पल्टाउने अवस्थामा पु¥याउने खलनायकहरु को–को हुन् रु वायु सेवालाई लुटसेवाको धन्दा बनाउने गिरोहमाथि अख्तियारले किन छानबिन गर्न सकेन रु कहिले वाइड बडीमा चलखेल भएको, डलर काण्ड र माफियाको चलखेलका कारण ऋणमा चुर्लुम्म डुब्न लाग्दा पनि अनियमितताबारे सरकारले छानबिनमा चासो नदेखाउनु विडम्बनापूर्ण छ ।

    ठूलालाई चैन, सानालाई ऐन भन्ने उखान यसमा पनि लागू भएको छ ।
    निगमले वाइड बडी किन्दा नियतमा खोट रहेको देखिन्छ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने अदूरदर्शी काम गराइले अहिले निगमको यो हबिगत भएको हो । भरपर्दो व्यावसायिक योजनाविना नै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सरकारले ऋण दिएको थियो । निगमभित्रका भ्रष्टाचार अनुसन्धान गरी निगमलाई टाट पल्टाउनेमाथि कारबाही नगरी सरकारले फेरि अर्को गल्ती नगरोस् । समयमै ध्यान देओस् ।
    – सुरज प्रधान, काठमाडौं । समाचार नेपाल समाचारपत्रमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…