• काठमाडौं । नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।

    भट्टाचार्यकै विद्यार्थी (परिवर्तित नाम) सानीमायालाई दुई वर्षसम्म प्रयोग गरे । १८ वर्षीया सानीमाया अहिले २० वर्षकी भइन् । उनलाई त्यति बृद्ध व्यत्तिले कसरी फसाए सम्झिन सक्दिनन् । तर भट्टचार्याले खिचेका सानिमायाका आपत्ती जनक फोटोहरु देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । तिनै फोटोहरु देखाएर भट्टचार्याले ब्ल्याकमेल गर्न सुरु गरे ।

    छोरी उमेरकी सानिमायाले आफूलाई छाडिदिन बारम्बार विन्ती गरिन् तर भट्टचार्या झन् क्रुर बन्दै गए । भट्टाचार्यले केही बोले, कतै उजुरी गरे तथा भनेको समयमा तोकेको होटलमा नपुगे आफ्नो ल्यापटपमा रहेका नाङ्गो फोटो र भिडियो परिवारमा देखाइदिने भन्दै धम्काउँथे । यति मात्रै होइन बोलाएको ठाउँमा एक मिनेट ढिला पुगे ज्यान मार्ने समेत धम्की दिन्थे ।

     

    भट्टाचार्य प्रत्येक साता उनलाई राजाधानीको विभिन्न होटलहरुमा लगेर बलात्कार गर्थे, कुटपिट गर्थे । सानिमायालाई कसैसँग पनि कुरा गर्न बन्देज लगाउँथे, उनको फेसबुक आफै चलाउँथे, सिम कार्ड चेन्ज गराइरहन्थे ।कतिसम्म भने भट्टाचार्यको यातना सहन नसकेर सानिमाया आत्महत्यासम्मको सोचमा पुगिन् । तर उनले त्यसअघि एक पटक हाम्रो कार्यालयमा आएर हामीलाई आफ्नो पीडा बताउने अन्तिम विकल्प रोजिन् । र हामीलाई आफ्नो पीडा सुनाउँदै भट्टाचारर्यको कुरुप अनुहारलाई देखाईन् ।

    हामीले सबैै प्रमाण हेरेपछि सानिमायालाई मदत गर्ने सोच्यौं । उक्त दिन पनि भट्टाचार्यले उनलाई दिउँसो ३ बजे काठमाडौंकै एक होटलमा बोलाएका थिए । हामीले उनलाई सँगै लिएर केन्द्रीय अनुशन्धान व्युरो सिआइबी, तथा प्रहरी कार्यालयहरुसग समन्वय ग¥यौं । र हामी उनलाई बोलाइएको होटलमा उनी भन्दा पहिला पुग्यौं । केही बेरमै होटल छिरेका उनले पूर्व निर्धारित कोठा परिर्वतन गरे । कोठा भित्र छिर्ने वित्तिकै फोन किन नउठाएको भन्दै कुटपिट गर्न थाले । कोठा भित्र उनलाई थर्काएको, कुटपिट गरेको आवाज होटल बाहिरैसम्म आएको थियो । कोठा भित्र सानीमाया प्रतिवाद गर्न सक्ने अवस्थामा थिइनन् । सानिमायालाई ढोका खोलेर भाग्न समेत नदिएपछि हामी आफै ढोका खोल भन्दै भित्र छि¥यौं ।

    प्रहरी आउनु पूर्व हामीले सबै प्रमाण देखाई मुद्धा चालाउने भनेपछि उनले सानिमायाको खुट्टामा टाउको राखेर माफी मागे र यो मुद्धा यही सेटल गरौं भन्दै बारम्बार भने । सानिमायाको बयानपछि प्रहरीले बोधीसत्वा भट्टचार्यलाई आफ्नो नियन्त्रणमा लियो र युवतीको जाहेरीपछि उनलाई हिरासतमा राख्यो । अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि भट्टाचार्य माथि अनुसन्धान भइरहेको छ ।

    सानिमाया मात्र होइन भट्टचार्य अन्य युवतीहरुलाई पनि होटलमा ल्याउने गरेका रहेछन् । बोधीसत्व भट्टचार्य एक कु पात्र हुन् । समाजमा यस्ता धेरै व्यत्तिहरु छन् जो सफेद पोशाकमा यसरी किशोरीहरुलाई ब्ल्याकमेल गरि बलात्कार गरिरहेका छन् । फरक यति छ सानीमाया हिम्मत गरेर अघि सरिन्, अन्य धेरैले अझै बोल्न सकेका छैनन् ।

    न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३०३ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

    आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

    १. विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ : नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।

    कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।

    २. चाकडी र घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टरले दिए राजिनामा : वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. धु्रवराज अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका छन् । लामो समयदेखि वीर अस्पतालमा कार्यरत डाक्टर अधिकारीलाइ वीर अस्पतालमै पोष्टिङ हुन नसकेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बताएका हुन् ।

    ३. झापाको पशुपति माविमा आर्थिक अनियमिता, अख्तियारमा उजुरी : झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र सहायक प्रधानाध्यापक गुणनिधी लँुईटेलले आर्थिक अनियमितता गरेको देखाएका थियौँ ।

    गत कार्यक्रममा रिपोर्ट प्रशारण भए लगत्तै विद्यार्थीका नाममा विभिन्न शिर्षकमा रसिद काट्दै छात्रावृत्ति वापतको एक लाख रुपैयाँ रकम मिलान गरेको छ ।

    https://www.youtube.com/watch?v=Uvz2Lwo0PiA

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…