• मंसिर ५, सुनसरी ।  सुनसरीको दुहबीमा ईटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ । दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोगमा ड्युटी गईरहेको बेला नहरमा उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाँदा बाटोमै मृत्यु भएको छ। उनलाई आज बिहान ६।३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।

    गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।



    अज्ञान व्यक्तिले उद्योगी हुसेनमाथि एकाबिहानै गोली हानी हत्या गरेपछि स्थानीय तथा सो क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । अहिले सुनसरीको दुहबी क्षेत्रको राजमार्ग बन्द गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेका छन् ।

    उनीहरुले घटना घटेलगत्तै प्रहरीलाई सम्पर्क गरेपनि प्रहरीले अपराधी पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…