• काठमाडौं, मंसिर ४ । २०७२ वैशाख १२ गतेको महाभूकम्पले ऐतिहासिक ९ तले धरहरा ढल्यो।  भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो।

    सन् १९९० मा गएको भूकम्पले त्यो धरहरामा क्षति पुग्यो। क्षति भएको धरहरा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा बनाए। तर, ११ तलेको सट्टा ९ तले। यसपटक भने त्यसो हुनेछैन।  यसपटक बन्ने नयाँ धरहरा न ११ तले हुनेछ न त ९ तले।

    नयाँ नेपालको भूकम्प प्रतिरोधात्मक धरहरा २२ तले हुनेछ। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने त्यहीँ रहनेछ।नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ।

    २२ तले धरहराको स्वरूप भने भीमसेन थापाले बनाएको ११ तले धरहराको जस्तै हुनेछ। भित्रबाट २२ तला भए पनि बाहिरबाट भने ११ तल्ला जस्तै देखिने नेपाल पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए। धरहरा पुनर्निर्माण भने दुर्इ वर्षभित्र सक्ने लक्ष्य रहेको उनले बताए।

    नयाँ धरहराको उचार्इ करिब ७२ मिटर हुनेछ। गुम्बज र गजुरसहित नयाँ धरहराको उचार्इ ७७ मिटरको हुनेछ। धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुर्इवटा लिफ्ट रहने छन्  ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…