• मंसिर ५, दुहवी । सुनसरीमा गोली प्रहार गरिएका इटा उघोगका व्यवस्थापक फिदा हुसेनको मृत्यु भएको छ । हुसेनलाई दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी बाईकमा आएका दुई जनाको समुहले गोली प्रहार गरेका थिए । हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाई हुन ।



    घटनाको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान शुरु गरेको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ । हुसैनका समर्थकहरुले नारावाजी गर्दै कोशी राजमार्ग तथा दुहवी बजार ठप्प पारेका छन ।

     

    दुहवी बजार तनावग्रस्त


    हुसैनका समर्थकहरुले दुहवी ५ स्थित रहेको अमरदिप मेडीकल हल (औषधी पसल) बन्द गर्न न मानेको भन्दै कुटपिट गरेका छन् । कुटपिटमा स्थानिय चन्दन स्वर्णकारको टाउको फुटेकोछ भने मेडीकल हल संचालक हाकु साह सहित अन्य २ जनालाइ कुटपिट गरेको बताइएको छ ।

    आफ्ना व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयमा प्रशासनले सुरक्षा दिन नसकेको भन्दै उनका आफन्त र समर्थक बजार बन्द गराउन निक्लिएका छन् । पसल बन्द गराउन उर्दि गर्दै हिंडेका व्यक्तिले जबरजस्ती मेडिकल बन्दा गराउन भनेका थिए । तर, शाहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डि कसे पछि उनि माथी कुटपिट भएकाे हाे ।
    अहिले दुहवीका विभिन्न स्थानमा टायर बालिएको छ । अवस्थालाइ मध्यनगर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहवी प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले बताए ।

     

    खुर्सिद अन्सारीको हत्याका ठिक ६० दिनपछि आज बिहान सुनसरीमा अर्का मुस्लिम व्यवसायीको हत्या भएको छ । हत्यारा भारतीयहरु भएको भन्ने अनुसन्धानले पत्ता लगाएपछि उनीहरुलार्इ कारबाही भएको छैन ।

    दुहबीको जयबाबा इट्टा उद्योगमा व्यवस्थापक रहेका हुसेनलार्इ दुइ जना बन्धुकधारीले बिहान साढे ६ बजे गोली हानेका थिए । ३ गोली लागेका भनिएका हुसेनलार्इ उपचारको लागि विराटनगरमा लाँदै गर्दा मृत्यु भएको थियो । हत्या गर्ने अपराधिक समुह भएको हुनसक्ने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षण रामनारायण माझीले बताएका छन ।

    हुसेन हत्या स्टेट किलिङ हो ?


    असोज ४ गते भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारी स्टेट किलिङ भएको धेरैले अनुमान गरेका छन । भारतीय बन्दुकधारीले हत्या गर्नु र भारतीय नम्बर प्लेटमा आएर हत्या गरिनु मात्रै हैन, भारतले खुर्सिदलार्इ पटकपटक सुपुर्दगी गर्न नेपाल सरकारलार्इ आग्रह गरेको कुराले स्टेट किलिङ रहेको धेरैले बताउँदै आएका छन ।

    अन्सारीको हत्याको छानबिन गर्न गठित एसएसपी किशोर दाहाल नेतृत्वको समुहले पनि खुर्सिद हत्यारा भारतीय सार्पसुटरबाट भएको निस्कर्ष निकालेको थियो । के हुसेन हत्या पनि यस्तै अपराध हो ? वा अन्य कुनै कारणले हो ? यो बिषयमा प्रहरीले केहि अनुमान गर्न सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…