• भीमदत्तनगर, ५ मङ्सिर  । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ ।

    आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहनुभएका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गर्नुभयो ।

    फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको दाबी गर्नुभयो ।

    कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताउनुभयो ।

    “तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् ।” उहाँले भन्नुभयो, “तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पु¥याउँछु ।”
    उहाँले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल काङ्ग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाउनुभयो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…