• काठमाडौँ, ५ मङ्सिर ।प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ ।

    पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको हो ।

    अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । जागरण अभियान देशैभरि सञ्चालन गरिने छ ।

    पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएको छ । पछिल्लो तीन महीनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५ र ७६ को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । आव २०७४÷०७५ मा १६५ वटा उजुरी परेका थिए ।

    नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।

    आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…