• अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –६ धातिवाङ्ग गल्दा दहमा २०५५ साल असोज २५ गते जन्मीनुभएका घनश्याम पौडेले आधा दशक देखी पत्रकारितामा क्रियाशिल  हुनुहुन्छ । १६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गर्नुभएका घनश्याम जिल्लाको सदरमुकाममा रहीँ दर्जनौ मिडियामा आवद्ध हुनुहुन्छ । पत्रकार पौडेल हिन्दुखबर डटकमको सम्पादक, कारोबार दैनिक, एविसी टेलिभिजन, दैनिकपत्र दैनिक लगायतका सञ्चार माध्यमको जिल्ला संवाददाता भई काम गर्दै आउँनुभएको छ । उहाँ नेपाल प्रेस युनियनको केन्द्रीय पार्षद समेत हुनुहुन्छ । उहाँसग जिवनमा भोगेका दुःख, पत्रकारितामा कसरी लाग्नुभयो, आगामी दिनको योजना, पत्रकारितामा आउँनुको उद्देश्य लगाएतका विषयबस्तुमा केन्द्रीत रही रातोकलमडटकले गरेको कुराकानीको सम्पादित अंश 

     तपाई कहाँ जन्मीनुुभयो ?
    म अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ धातिवाङ्ग, साविक धातिवाङ्ग गाविस वडा नम्बर ५ गल्दा दहमा २०५५ साल असोज २५ गते बुबा शालिकराम पौडेल र आमा सिता पौडेलको कोखबाट जन्मीएको हुँ ।

     कस्तो परिवारमा ?
    म सामान्य परिवारमा जन्मेको हुँ ।

     बाल्यकाल कसरी बित्यो ?
    सानो उमेर मैले कसरी बिताए खासै थाहा त छैन । तैपनि घरभन्दा नजिकै रहेको श्री कालिका आधारभुत विद्यालयमा २०६० सालबाट जान लागेको रहेछुँ । कक्षा १ र २ मा अध्ययन गर्दाको कुरा धेरै याद छैन । म कक्षा १ मा पढ्दा दाजु कृष्णप्रसाद पौडेलसँग सँगै विद्यालय जाने गर्दथे रे । कक्षा ३ सम्मको अध्ययन कालिका आधारभुत विद्यालयमै पुरा गरी, धातिवाङ्ग माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना भए । ४ देखी १० कक्षा सम्म यहीँ मावीमै पढे । म अध्ययन गर्दा तेस्रो, चौथौ स्थानमै रहन्थे । अध्ययन सँगसँगै घरको काम गर्दथे । मलाई भलिवल खेलअसाध्यै मन पर्ने हुदाँ भलिवलको रेफ्री गर्ने पनी गर्दथे । कक्षा १० सम्मको अध्ययन पुरा गरी कक्षा ११ पढ्नका लागी सदरमुकाम सन्धिखर्कमा रहेको जनज्योती माविमा आएको थिए । कक्षा ११ र १२ को अध्ययन सँगसँगै पत्रकारिता सुरु गरेको हुँ । पत्रकारिता सँगसँगै सदरमुकाममै रहेको पाणिनी बहुुमुखी क्याम्पसमा अध्ययन सुरु गरे, अहिले म सोही क्याम्पसको स्नातक तेस्रो वर्षमा अध्ययनरत छु । समग्रमा मेरो बाल्यकालिन जीवन यसरी नै बित्यो ।

    पत्रकारिता क्षेत्रमा कसरी आउनुभयो ?
    मलाई सानै देखि रेडियो सुन्न असाध्यै मन पर्दथ्यो । रेडियोमा आउँने हरेक कार्यक्रममा फोन गर्ने, गाउँमा भएका सानातिना खबर रेडियोमा पठाउँने काम गर्दथे । कक्षा १० पछिको पढाई सदरमुकाम सन्धिखर्कमा सुरु गर्दै गर्दा रेडियोमा बोल्ने तिव्र इच्छा लागेको थियो । २०७१ सालको पुस ११ गतेदेखी २४ गतेसम्म सन्धिखर्कमा भएको पत्रकारिता तालिममा सहभागी भए, तालिम पश्चात म समाचार लेखन र कार्यक्रम प्रस्तोतामा प्रथम भए । त्यसपछी म अझै मिहिनेत गर्दै रेडियो देउँरालीमा कार्यक्रम सञ्चालन सुरु गर्दै विभिन्न अनलाईन मिडिया, पत्रपत्रिका हुदैँ टेलिभिजनमा कार्य गर्न सुरु गरे । साथसाथै आफ्नै अनलाईन सञ्चालन गर्ने सोचमा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलको सहयोगमा हिन्दुखबर डटकम सञ्चालनमा ल्याउँदै मेरा पत्रकारिता क्षेत्रका पाहिलाहरु अगाडी बढेका हुन ।

    सुरुवाती दिनमा कस्तो थियो ?
    सुरुवाती दिनमा म कहिल्यै पैसाको पछाडी लागीन्, । रेडियोमा कार्यक्रम सञ्चालन गर्दा, समाचार पढ्दा मैले सधैभरी सिक्ने प्रयत्न गरीरहे । पछि विस्तारै समाचार लेख्न जानेपछि पत्रपत्रिका, अनलाईन, टेलिभिजनमा पनि काम गर्ने अवसर पाए । अवसर सँगसँगै चुनौतिहरु पनि छन्, । पत्रकारितामा धेरै पैसा कमाउँन सकिदैँन, म पैसाको पछाडि लागिन । इज्जतको ख्याल गर्दै पत्रकारिता गरिरहेको छु, मलाई लाग्छ अहिलेसम्म पत्रकारितामा कुनै दाग लगाए जस्तो लाग्दैन ।


     पहिलो पटक आफ्नो समाचार छापिदिएको दिन कस्तो लागेको थियो ?
    एकदमै आन्नद आएको थियो । अहिले पनि आफुले मिहिनेत गरेको लेखेको समाचार छापिदा आन्नद आउँछ, बिहानै पत्रपत्रिका पढ्दा आफुले लेखेको समाचार छापिएको भए पढ्न र फेसबुकमा राख्न आनन्द आउँछ ।

     पत्रकार बाहेक केही बन्ने सपना थियो की ?
    म पत्रकार बन्छु भन्ने सानैदेखिको रुची र सोचँ हो । विद्यालयमा राम्रोसँग पढ्ने विद्यार्थीको रुपमा चिनिन्थे म । पत्रकारितामा रुची भएपनि मलाई प्राईभेट संघसंस्थामा काम गर्न मन पर्छ, तर पत्रकार भएर कामकाज गर्दै गर्दा पछुतो छैन, जे गरे, ठिक गरे जस्तो लाग्छ ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    म सदरमुकाम सन्धिखर्कमा बस्दै गर्दा मैले ठुलो अवसर प्राप्त गरे । पत्रकारिता गर्न सजिलो छैन, सुरु सुरुमा सञ्चार माध्यमले पैसा दिदैँनन् मलाई सन्धिखर्कमा बसेर पत्रकारिता क्षेत्रमा अगाडी बढ्न आदरणीय अंकल इन्द्रमणि पौडेलको साथ र सहयोग थियो । उहाँको साथ र सहयोग, आफ्नो मिहिनेतले पत्रकार बन्न सफल भएको हुँ ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    पत्रकारितामा स्थापित हुन धेरै गाहृो छ । सुरु सुरुमा रेडियोमा कार्यक्रम चलाउँदै जादाँ विभिन्न अवरोधहरु हुने गर्दथे, अवरोध हुदैँ गर्दा मैले थप मिहिनेत, सुझाव र सल्लाह लिएर अगाडी बढीरहेँ । रेडियोबाट परिचित हुदैँ राष्ट्रिय सञ्चार माध्यम तथा आफ्नै सञ्चार माध्यम सञ्चालन गरेपश्चात म स्थापित भए ।


    पत्रकारितासँगै के कस्ता सामाजिक कामहरु गरिरहनुभएको छ ?
    म पत्रकारितामा लाग्दैँ गर्दा केही सामाजिक कामहरु पनि गर्नुपर्छ भन्ने उद्देश्यले अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको हक र हितका लागी आवाज बुलन्द गर्नका लागी स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष भएर काम गरिरहेको छु । हिन्दु जागरण युवा संघ नेपाल अर्घाखाँचीको कोषाध्यक्ष भएर पनि काम गरिरहेको छु । साथसाथै जिल्ला सदरमुकाममा बस्ने भएकाले गाउँघरबाट आउँने समस्याहरुको पनि समाधान गर्न लागिपरेको छु ।

     पत्रकारितामा कस्ता कस्ता दुख भोग्नुभएको छ ?
    पत्रकारिता विषय सजिलो विषय हैँन । ठुलठुला घटना हुदाँ दिनरात नभनी खट्नुपर्छ । खोजमुलक समाचार लेख्नका लागी गाउँ÷गाउँ विकट बस्तीमा पुग्नुपर्छ । म धेरै जसो खोजमुलक समाचारमै केन्द्रीत हुन्छु । गाउँमा नेटको समस्याका कारण खोजमुलक समाचार खोजेर सदरमुकाममै आएर समाचार पठाउँनुपर्छ । समाचारका स्रोतहरु पाउँनका लागी सरकारी कार्यालय तथा स्थानिय तहहरुले समयमा दिदैँनन् । कहिलेकाहीँ नेटमा समस्या आउँदा महत्वपुर्ण समाचार सञ्चार माध्यममा पठाउँन नसक्नु लगाएतका समस्याहरु भोगेको छु ।

     आफ्नै नजरमा घनश्याम के हो र कोहो ?
    घनश्याम पौडेल मिहिनेती पत्रकार हो । २० वर्षको उमेरमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सूचना तथा प्रसारण विभागमा कानुनी रुपमा दर्ता गरेको हिन्दुखबर डटकम सञ्चालन गरी, खोजमुलक समाचार लेख्ने खालको व्यक्ति हुँ जस्तो लाग्छ । अहिले पनि म हप्तामा ५÷६ वटा खोजमुलक समाचार नै लैख्छु, लेखेर नै प्रगति गर्ने हो भन्ने सोच्छु र सोही अनुरुप नै अगाडी बढेको छु ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    मानिसहरु सत्य र तथ्य सूचना सहि समयमा दिने, खोजमुलक समाचार लेख्ने सञ्चारकर्मी वा पत्रकार हो चनी चिनुन् भन्ने लाग्छ ।


     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    म सामान्य परिवारमा जन्मेको मान्छे । मैले अध्ययन गर्दा निकै गाहृो थियो । बुबाआमाको कृषि बाहेक कुनै आम्दानीको स्रोत थिएन । अध्ययन गर्दा आवश्यक पर्ने कापी र कलम किन्नलाई समेत पैसा हुदैँन्थ्यो । म भन्दा माथी दाजु भएकाले मलाई धेरै सहज त थियो, तैपनि आफुले मिहिनेत गर्नुपर्छ भन्ने सोच्दथे । कक्षा ९ मा पढ्दा पढाई खर्च जुटाउँनका लागी मैले कक्षा ८ सम्मका विद्यार्थीहरुलाई टिउँसन पढाएको सम्झना ताजा नै छ । कसैको आम्दानीको स्रोत नभएपछि गाउँलेले त्यो समयमा नराम्रो दृष्टिकोणले हर्ने गर्दथे । ऋण पनि नपाउँने समय थियो, पछि आफ्नै मिहिनेत, दाजु, अंकलको हौसलाले प्रगति हुदैँ गयो । जो व्यक्तीले सो समयमा पत्याउँदैनथ्यो, सोही व्यक्ती सल्लाह माग्न, काम गर्दिनु पर्यो भनेर सदरमुकाममा आउँदा आन्नद लाग्छ । र मैले पनि मलाई नगर्नेलाई गर्नुपर्छ भन्ने सोचले खुसी भएर उसको काम गर्दिन पाउँदा आनन्द आउँछ, जसले गर्दैन्थ्यो उसलाई गर्नुपर्छ भन्ने मेरो नजर रहन्छ ।

     तपाईका दुःखहरु के हुन् ?
    मैले माथि भनिसके । कक्षा १० सम्मको अध्ययन गर्दा दुःख भोगे । त्यसपछि बिस्तारै सुखका दिन आए । अध्ययन गर्दा कापी, कलम, झोला, जुत्ता, कपडा नयाँ लगाउँने रहर कस्को पो हुदैँन र ? घरको अवस्थाले जस्तो भेट्यो, त्यस्तै लगाएर, खाना खाएर बसीयो । त्यसैमा आनन्द आउँथ्यो, कुनै दिन प्रगति गर्न सकिएका भनेर । अध्ययन सम्म दुःख भयो, त्यसपछि भएको छैन, आउँदो दिनमा पनि लगनशिल भएर गर्ने हो भने दुःख पर्ला जस्तो लाग्दैँन ।

     अनि तपाईको सुख चाहि नी ?
    अझै आकाक्षाहरु त धेरै छन् । तैपनि दिनप्रतिदिन मिहिनेत, घर परिवारको साथ र सहयोगले गर्दा सुखका दिन आएको जस्तो लाग्छ । फेरी सुख भयो भन्दैमा बसेर खाने होईन, काममा साथ सहयोग हुनु नै सुख हो । पैसा आज छ, भोली छैन, पैसा मात्र ठुलो कुरा होईन । इज्जत मान सम्मान नै ठुलो कुरा हो ।

     

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    पत्रकारितामा त फुर्सद भन्ने हुदैँन । कतै घुम्न गयो भने पनि पत्रकारितामै नजर जान्छ, कतै समाचारको स्रोत बन्छ, कि भन्ने याद हुन्छ । दशै, तिहार, शनिबार कहिल्यै पनि फुर्सद भन्ने हुदैँन ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    मुनामदन

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    म फिल्म नै हेर्दिन । मलाई असाध्यै मन पर्ने नेपाल टेलिभिजनमा आउँने हास्य टेलिश्रृङखला बाहेक अन्य म केही पनि हेर्दिन ।

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    नेपालका युवानेताहरु विकास गर्नुपर्छ, देश बनाउँनुपर्छ भन्ने सोचँ भएका नेताहरु मन पर्छ


     जीवन के रहेछ ?
    दुईदिनको जिवन । आज मरे भोली दुई दिन । बाच्दाँ सम्म राम्रोसँग काम गर्नुपर्छ भन्ने लाग्छ । आफुले जुन काम गर्ने हो, मेरो काम हो, भनेर लाग्ने हो भने असम्भव भन्ने केही हुदैँन । त्यसकारण बाचुँन्जेल राम्रो गर्नुपर्छ, कसैलाई नराम्रो सोच्नुहुदैँन ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    आउँदो दिनमा म पत्रकारिताबाटै देशको ठुलो मान्छे बन्ने सपना छ । आफ्नै सञ्चार माध्यमलाई चर्चित बनाउँने, आफ्नैमा काम लगाउँने, रोजगारी दिन सक्ने खालको योजना र सपना रहेको छ । लाग्छ, अहिले जस्तै मिहिनेत गदैँ जाने हो भने, सपना पुरा हुन्छ, जस्तो लाग्छ ।

     नयाँलाई के सुझाव दिनुहुन्छ ?
    पत्रकारितामा सुरु सुरुमा निकै चुनौतिहरु छन । सञ्चार माध्यमले पैसा दिदैँनन् । ६ महिना सम्म निशुल्क नै गर्नुपर्ने अवस्था छ । निशुल्क गर्नुपर्यो भन्दैमा आत्तिनु डराउँनुपर्ने हुदैँन । मिहिनेत गरेपछि एक दिन अवस्य सफल हुनुहुन्छ । पत्रकारितामा लागेको व्यक्ती जनताको मन जित्दै पत्याउँने खालको पत्रकार बन्नुहुन सुझाव दिन चाहान्छु ।

     अन्त्यमा केही ?
    सर्वप्रथम म निकै आभारी छु रातोकलम डटकम तथा तपाई तेजन खड्का प्रति । तपाईको पनि प्रगतिको कामना व्यक्त गर्दै महत्वपुर्ण कुराकानी गर्ने अबसर दिनुभयो, धेरै धेरै धन्यवाद व्यक्त गर्दै मलाई आगामी दिनमा अगाडि बढ्नका लागी मेरा शुभचिन्तकहरुमा सुझाव र सल्लाहको अपेक्षा गर्दछु । धन्यवाद ।।।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…