• झापा । कटुवाल कल्याण कोष केन्द्रीय समितिको अध्यक्षमा झापाका रामबहादुर कटुवाल चयन हुनु भएको छ । झापाको विर्तामोडमा सम्पन्न देशभरका कटुवालहरुको भेलाले रामबहादुरलाई अध्यक्षमा सर्वसम्वत चयन गरेका हुन् । पुख्र्याैली घर ताप्लेजुङ भएका कटुवाल विगत १५ वर्षदेखि झापाको विर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका कुशल व्यवसायी हुन् । आफ्नो बन्धुहरुको खोजी गरी उनीहरुको व्यक्तित्व, नेतृत्व विकाससँगै वंशावलीको क्षेत्रमा लामो समय देखि क्रियाशिल रामबहादुरले अब देशभरका कटुवालहरुको नेतृत्व गर्नेछन् ।

    समितिको उपाध्यक्षमा हर्कबहादुर कटुवाल(झापा), सचिवमा टेकबहादुर कटुवाल(चितवन), सहसचिवमा विशाल कटुवाल (उदयपुर), कोषाध्यक्षमा विन्दु खड्का कटुवाल (झापा) र सहकोषाध्यक्षमा निर्मला कटुवाल झापा रहनु भएको छ ।
    यसैगरी कोषको सदस्यहरुमा डम्बरबहादुर कटुवाल(इलाम), जगत कटुवाल(पाँचथर), रत्नबहादुर कटुवाल(झापा), नारायण कटुवाल(झापा), भुपाल कटुवाल(झापा), होमकुमार कटुवाल(उदयपुर), कमल कटुवाल (उदयपुर), हरिनारायण कटुवाल(पाँचथर), कमला कटुवाल(झापा), जीवन कटुवाल(ताप्लेजुङ) र बसन्त कटुवाल(ओखलढुङ) रहनु भएको छ ।

    कटुवाल कल्याण कोष तदर्थ समितिका अध्यक्ष रामबहादुर कटुवालको सभापतित्व तथा पै्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कटुवाल वंश वाटिकाका अध्यक्ष मित्रबहादुर कटुवाल, कटुवाल वंशावली संकलक वीरबहादुर कटुवाल, इन्द्रप्रसाद कटुवाल, लीलाबहादुर कटुवाल, कमल कटुवाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कटुवाल बन्धुका बृद्धबृद्धा, असाय, गरिव तथा जेहेन्दार विद्यार्थी तथा दैवी प्रकोपका पीडितहरुलाई सहयोग गर्ने उदेश्यले २०७५ जेठ १५ गते तदर्थ समिति गठन भएको थियो ।
    संस्थाले अर्जुनधारा ८ कि पुनम कटुवाललाई १३ हजार दुई सय रुपैयाँ सहयोग गरेको थियो । सदस्य रत्नबहादुर कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य डम्बर कटुवालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…