• काठमाडाैं : काठमाडौँस्थित भारतीय दूतावासले भारतीय उद्योग महासंघसँगको सहकार्यमा यही मंसिर ६ देखि ८ सम्म तीनदिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक-२०१८) आयोजना गर्दैछ ।

    भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा हुने उक्त प्रदर्शनीमा JCB, L&T, Hyundai, Caterpillar, Tata Hitachi जस्ता ठूला कम्पनीसहित भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्नेछन् । सम्भवत यो प्रदर्शनी नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने बताइएको छ । जहाँ ४ हजार भन्दा बढी व्यापारीहरुले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कार्यक्रमको उद्घाटन गर्ने पनि बताइएको छ । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारत तथा नेपालका निर्माण व्यवसायीहरु कार्यक्रममा उपस्थिति रहनेछन् ।

    यसअघि पनि चलिआएको औद्योगिक सहकार्यलाई यस प्रर्दशनीले दुई देशबीचको औद्योगिकरव्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने पनि अपेक्षा गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…