• झापा । पोखरा महिला जेसीज वर्ष २०१९को लागि नयाँ नेतृत्व चयन गरिएको छ ।
    हालै सम्पन्न शाखाको २५ औं अधिवेशन तथा ३० औं वार्षिक साधारण सभाले सपना गिरीलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
    अध्यक्ष गिरी सन २०१० मा पोखरा महिला जेसीजको साधारण सदस्यबाट प्रवेश गर्नु भएको थियो । यसैगरी, अध्यक्ष २०१२ मा उपाध्यक्ष, २०१३ मा अवार्ड प्रमोशन चयर पर्सन, २०१४ मा शाखा सम्पादक, २०१५ मा फ्राइडे वराटरी संयोजक, २०१६ मा तालिम आयुक्त, २०१७ सहसचिव र २०१८ मा सचिव पदमा रहेर आफ्नो कुशल नेतृत्व प्रस्तुत गरिसक्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष गिरीले पूर्व अध्यक्षहरुको राय सुझाव र शाखाका साथीहरुको साथ र सहयोगले आफ्नो शाखालाई थप उचाईमा पुर्याउने बताउनु भयो ।
    शाखाको कार्यकारीणी उपाध्यक्ष शोभा भुजेल, उपाध्यक्षहरुमा शरु पनेरु, सुमित्रा कोइराला, सरस्वती श्रेत्री र शोभा आचार्य, सचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा लक्ष्मी कुँवर, निर्देशक सुनिता भण्डारी, सुनिता भुजेल, प्रमिला कुँवर र सम्झना बस्नेत, कानुनी सल्लाहकार कमला शर्मा, अर्थ संकलन सभापति शोभा लक्ष्मी पौडेल चयन भएका छन् । बाँकी पदहरु विधान अनुसार पछि मनोनित गरिने अध्यक्ष गिरीले बताउनु भयो ।
    वर्ष २०१८ की अध्यक्ष सन्तु पौडेलको सभापतित्व तथा राष्ट्रिय सभा सदस्य विन्दादेवी आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीज वर्ष २०१४ की राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् शाखाकी पूर्व अध्यक्ष संगिता पौडेल, पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीलगायतले निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । सोही अवसरमा शाखाले    देवी कार्की (अधिकारी), निर्मला अवार्डबाट लक्ष्मी अधिकारी, सिता अवार्डबाट सुनिता भुजेल र बेस्ट पर्सनालिटि अवार्डबाट लक्ष्मी कुवँरलाई अवार्ड प्रदान गरिएको थियो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…