झापा । नेपाल जेसीजको आयोजनामा भएको जेसीआई एकाडेमी २०१८ सम्पन्न भएको छ । ४ दिनसम्म कोल्ज क्याम्पमा सञ्चालन भएको उक्त एकोडेमीमा अन्तराष्ट्रिय क्षेत्रका प्रशिक्षकहरुले प्रशिक्षण गराएका थिए ।
नवलपुर जेसीजको आथित्यतामा भैरहवामा भएको एकाडेमीमा करपोरेट सेक्टरका ५ जना र जेसीजबाट ६५ गरी ७१ जनाको सहभागिता रहेको नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् व्यक्तिगत क्षेत्रको सभापति अशोक शंकरले बताउनु भयो । उनीहरुलाई भारतका योगेश चण्डाक, निर्मल पालेख, नेपालका मिलन गुरुङ र राजाबाबु शाहले प्रशिक्षण दिएका थिए । एकाडेमीमा सहभागि भएका सबैले ग्रयाजुएट गरेका छन् । उनीहरुले जेसीआइको यो ग्रयाजुएटले जेसीआइको अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त हुने आथित्यता शाखा नवलपुर जेसीजका अध्यक्ष त्रिभूवन ति
वारीले बताउनु भयो । एकाडेमीमा राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालसहित नेपाल जेसीजका बोर्डका पधादिकारीहरुको सहभागिता रहेको थियो ।
एकाडेमीको डाइरेक्टरमा बालकोट जेसीजको निर्वतमान अध्यक्ष निस्ता गिरी रहनु भएको थियो ।