• झापा । सवारी दुर्घटनामा परी झापाको मेचीनगरमा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
    मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ निवासी २७ वर्षीय मञ्जुल बराईली र मेचीनगर नगरपालिका १० निवासी २४ वर्षीय युवराज खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ कालीझोडामा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको थियो ।

    दुर्घटना परी घाइते भएका दुवै सवारी चालकलाई उपचारका बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा लगिए पनि उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। यता मोटरसाइकलको पछाडि सवार काठमाडौं घर भएकी १८ वर्षीया सुविसा गुरुङको बिर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…