• पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
    जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरका अनुसार मंगलबार राती दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडा प्रहरीले पक्राउ गरेको छ ।
    उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छि श्रीमती पट्टिका एक छोरा र एक छोरी रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…