• इटहरी । सुनसरी दुहबीका फिदा हुसेनलाई ढुकेर गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली चलाउने (सुटर) एक जना बाईकमा सवार थिए ।

    श्रीमती आशा हुसेन र फिदा घटनाको दिन मर्निक वाकमा निस्केको समयमा बिहानैदेखि उनलाई इटा उघोग अगाडी ढुकेर बसेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । श्रीमती आशाको बयानको क्रममा पनि सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको पुल नजिक एक्सरसाइज गर्दै ढुकेर बसेको व्यक्तिले गोली हानेर भागेको बताइन ।

    हुसेनले श्रीमतीलाई घर पठाएर उघोग तर्फ जाने क्रममा ति व्यक्तिले दुई राउण्ड गोली फायर गरेका थिए । गोली हुसेनको मुटु र कोखामा लागेको थियो । शुरुमा पछाडीबाट एक राउण्ड फायर गरे पछि हुसेन ढल्न खोज्दै गर्दा अगाडीबाट अर्काे राउण्ड फायर भएको प्रहरी स्रोतले बताएको छ ।

    गोली फायर गरे लगतै ति व्यक्ति बाईक चलाएरै नहरको बाटो हुँदै उत्तरतर्फ भागेका थिए । गोली चलाउने व्यक्ति पातालो शरिर र कालो वर्णको भएको अनुसन्धानबाट खुलेको छ ।

    घटनाक्रमले हुसेनलाई योजनाबद्ध रुपमा गोली हानिएको प्रहरी स्रोतले बताएको छ । यता प्रहरीले घटनाको अनुसन्धानको लागी भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…