• सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ मा बुधबार गोली हानी हत्या गरिएको फिदा हुसेनको हत्यापछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन ।
    सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लिम अगुवाहरुले बिहिबार समेत सडक अबरुद्ध गरेका छन । सडक अबरुद्ध भएपछि पुर्बबाट पश्चिम जाने लामो तथा छोटो दुरीका सवारीका साधनहरु संचालनमा अबरोध भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    बुधवार बिहान साढे ६ बजे घरबाट श्रीमतीसँग मर्निङ वाकमा निस्किएका ईटा उद्योगका ब्यवस्थापक समेत रहेका फिदाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दुहवी बजार बन्द गरिएको छ । त्यस्तै मृतकका आफन्तले गृहमन्त्री आएर हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदा सम्म शव नउठाउने बताएका छन् । मृतकका सर्मथकहरुले गरेको बन्दका कारण बिराटनगरबाट पश्चिम छुट्ने सबै सवारी साधनहरु बिराटनगरमै थन्किएका छन् । भने पुर्ब जाने सवारीहरु समेत बिराटचोक हुँदै सञ्चालन भईरहेका छन ।
    हत्या भएको फिदाको शव अझै उठेको छैन ।

    २४ घण्टा भित्र हत्यारा पत्ता लगाउन मृतकका आफन्तले माग गरेकोले असहज भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती बताए । मृतकका आफन्तसँग छलफल भएपनि उनीहरु आफ्नो अडानमा रहेको र बन्द खुलाउने र शव उठाउने बिषयमा जिल्ला तहका नेताहरुसँग छलफल भईरहेको उनले जानकारी दिए । अबस्था असामान्य भए कफ्र्यु लगाउने अबस्थामा जिल्ला सुरक्षा समिति पुगेको छ ।

    दुहबीको बन्दको क्रम जिल्लाका ईनरुवा तथा लौकहीसम्म पुगेपछि घटनालाई थप उतेजित हुन नदिनको लागि जिल्ला सुरक्षा समिति उच्च सतर्कताका साथ रहेको जनाईएको छ । अबस्थालाई सामान्य रुपमा ल्याउनको लागि कफ्र्यु लगाउने की भन्ने बिषयमा पनि सुरक्षा समिति भित्र छलफल भईरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…