• मंसिर ६,
    काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ९ महिनाको कामकारबाही हेर्दा देश सरकारविहीनताको अवस्थामा पुगेको टिप्पणी गरेको छ । महासमिति बैठक तयारी सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गठनको ९ महिना पुगेको घडीमा सरकार कहाँ छ भनेर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन् ।

    'मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ। यो घडीमा 'नेपाल देशमा सरकार छ? छ भने कहाँ छ,' भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ' प्रवक्ता शर्माले भने।

    सरकार लोकतान्त्रिक संस्कृति, राष्ट्रवाद, संघीयता, सुशासन, बजारमूल्य, शान्ति सुरक्षा, संविधानप्रति अपनत्व विस्तार, समृद्धि यात्राका गतिविधिमा सरकार असफल भएको कांग्रेसले ठहर गरेको छ।

    विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकूल रहेको भन्दै कांग्रेसले संघीयताको प्रभावकारीलाई झनै असर पुग्ने ठहर गरेको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही सातायता निरन्तर गिरावट आए पनि नेपालमा स्थिर रहनुले सरकार स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयनमा नलागेको कांग्रेको टिप्पणी छ। प्रवक्ता शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा बोझ बोक्नुपर्ने नागरिकलाई मूल्य समायोजन गरी राहत दिन माग गरे।

    त्यस्तै जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको मुख्यमन्त्रीले गर्ने विषयप्रति पनि कांग्रेसले असन्तोष व्यक्त गरेको छ। 'मित्रराष्ट्रको लगानी र सहयोगलाई हामीले सदैव स्वागत र कदर गरेका छौं। तर कुनै पनि परियोजनको उद्घाटन दुर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न मिल्दैन' कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले उक्त विषमा आपत्ति प्रकट गर्दै सार्वजनिक जवाफको मागसमेत माग गरेको छ।

    यस्तै मन्त्रिपरिषद्को निर्णय ७ दिनमा सार्वजनिक गर्ने निर्णयप्रति पनि आपत्ति जनाउँदै कांग्रेसले २४ घण्टामै सार्वजनिक गर्ने प्रबन्ध गर्न आग्रह गरेको छ। सरकारले गत सातादेखि मन्त्रिपरिषद् बैठक एक हप्तामा पत्रकार सम्मलेन गरी सार्वजनिक गर्न सुरु गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…