• देबु बानियाँ
    झापा । जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा वर्ष २०१९ को लागि नयाँ नेतृत्वको पनि चर्चा हुन थालेको छ । एक अध्यक्षसहित ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्याक्ष पदका लागि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसका लागि आआफ्नो उम्मेदवारी दिएका उम्मेदवारहरुले देशभरका जेसीजकर्मीहरुसँग मत माग्न सुरु गरिसकेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, टुइटर तथा विभिन्न शाखाहरुको प्रत्यक्ष भेटका क्रममा आफ्नो उम्मेदवारीका बारेमा जानकारी गराउन थालेका हुन् । जुन चुनावी रौनक र नयाँ नेतृत्वका लागि यतिबेला जेसीज वृतभित्र चर्चा चुलिएको हो । जनकपुर जेसीजको आतिथ्यतामा हुने महाधिवेशनमा देशभरबाट सहभागि हुन आएका जेसीज प्रतिनिधिहरुले आफ्नो नेतृत्व चयन गर्नेछन् ।
    जेसीजको विधान अनुसार एक वर्ष, व्यक्ति र एक कार्यकाल हुन्छ । जसको विधान अनुसार जेसीजको बोर्डको पदाधिकारीमा उम्मेदवारी दिनका लागि एक महिना अघि नै नेपाल जेसीजको सचिवालयमा उम्मेदवारी दिनु पर्ने हुन्छ । जसमा वर्ष २०१९ का लागि अध्यक्ष पदमा ६ जनाका नाम दर्ता भएको छ । यो नेतृत्व कसको पोल्टामा जानेछ त ? यसका लागि त पुष १० गतेसम्म पर्खनै पर्छ । तर, त्यस भन्दा अघि नेृतत्वका लागि उम्मेदवारबिच निकै ठूलो प्रतिस्पर्धा हुने देखिन्छ ।
    अध्यक्ष पदका लागि नेपाल जेसीजमा आएको नामवली अनुसार इटहरी जेसीजका पूर्व अध्यक्ष एवम् वर्ष २०१८ का अध्यक्षका प्रत्यासी महेश पौडेल, बीसहजार जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, पथरी जेसीजका संस्थापक अध्यक्ष एवम् वर्तमान कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, काभ्रे जेसीजका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यकारीणी उपाध्यक्ष विकास मानन्धर, जनकपुर जेसीजका पूर्व अध्यक्ष मनिष रमन शाह र बाग्लुङ जेसीजका पूर्व अध्यक्ष सुदिपराज भण्डारी रहेका छन् ।
    वर्ष २०१९ का लागि अध्यक्षको दर्विलो दावेदारका रुपमा रहुन भएका महेश पौडेल इटहरी जेसीजका पूर्व अध्यक्ष हुन् । वर्ष २०१८ मा ९ मतको झिनो मतान्तरले रामग्राम जेसीजका श्रीधर बस्यालसँग पराजय भोग्नु भएका पौडेल अघिल्लो वर्षको हारलाई महलम लगाउने तयारीमा हुनुुहुन्छ । थुप्रै साथ र सहयोग हुँदा हुँदै पराजय भोग्नु भएका पौडेलका लागि यो वर्ष त्यो हारलाई बिर्साउने वर्षका रुपमा लिनु भएको छ । १३ वर्षको जेसीज यात्रामा दोस्रो पटक अध्यक्षको दावेदारका रुपमा आफुलाई उभ्याउनु भएको छ पौडेलले । सन २००६ मा इटहरी जेसीजमा प्रबेश गर्नु भएका यी युवा बर्ष २००७ का सफल उपाध्यक्ष मात्र नभई सर्वाेत्कृट शाखा सदस्य बाट पुरस्कृत हुनुभयो । बर्ष २००८ मा इटहरी जेसीजमा कोषाध्यक्ष (उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार), बर्ष २००९ मा महासचिव भै नेपाल जेसीजको उत्कृष्ट महासचिव पुरस्कार समेत प्रप्त गर्न सफल हुनु भयो । बर्ष २०१० मा कानुनी सल्लाहकार हुँदै बर्ष २०१२ मा इटहरी जेसीजको शाखा अध्यक्ष भई पूर्व क्षेत्रकै सम्पूर्ण युवाहरुको नेतृत्व गर्नु भयो । उनको यो यात्रा यतिमै सिमित रहेन । एउटासन २०१३ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गर्नु भयो । बर्ष २०१५ मा नेपाल जेसीजको बोर्ड सल्लाहकार र बर्ष २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भई कुशल नेतृत्वकर्ताको पहिचान बनाइ सक्नु भएको छ । सबैको साथ र सहयोगले आफ्नो जित निश्चित रहने उहाँले प्रतिक्रिया दिनु भयो । युवा नेता पौडेलले थाईल्यालेण्ड, मलेशिया, इन्डोनेसिया, कोरिया, चाईना, दुबई, अजरबैजान र भारतलगायतका देशहरुमा भ्रमण गरी अन्तराष्ट्रिय अनुभव बटुल्नु भएको छ । साथै अन्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान समेत बनाउनु भएको छ । यति मात्र होइन सन २०१२ मा शाखा अध्यक्ष भएको समयमा उहाँले जेसीआइ नेपालको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउनु भएको थियो । जुन जेसीजहरुका लागि गर्वको विषय बनेको थियो र इतिहाससम्म रहनेछ ।

    नेपाल जेसीजको नेतृत्वका लागि वर्ष २०१८ को सुरुवाती देखि नै आफुलाई वर्ष २०१९ को अध्यक्षको दावेदार गर्दै आउनु भएका अर्का प्रत्यासी हुुनुहुन्छ चितवनका अरुणेश्वर खनाल । सरल, शालिन र स्पष्ट वक्ताको पहिचान बनाउनु भएका खनाल युवा सर्कलका सशक्त नेताका रुपमा परिचित समेत हुनुहुन्छ । हरेक क्षेत्रको सफल नेतृत्व लिन सक्षम र सवल खनाल विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएको छ ।
    वर्ष २०१० मा बीसहजार जेसीजको शाखा अध्यक्ष बन्नु भएका खनाल २०१२ मा नेपाल जेसीजको उपाध्यक्ष, २०१३ मा राष्ट्रिय महासचिव, २०१६ मा कार्यकारीणी उपाध्यक्ष हुँदै २०१८ मा राष्ट्रिय अध्यक्षको सल्लाहकारमा रहेर कुशल नेतृत्व गरिसक्नु भएको छ ।



    वर्तमान कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘क’ निरुपित उपाध्यक्ष विकास मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी रहेका अर्का व्यक्ति हुनुहुन्छ । गत भदौ २२ र २३ गते सुरुङ्गामा भएको क्षेत्र ‘क’ सम्मेलनमा नै मानन्धरले आफ्नो उम्मेदवारीको प्रमोशन गर्नु भएको थियो । आफुले नेपाल जेसीजमा गरेको योगदान र निरन्तरताको आवश्यकता नै वर्ष २०१९ का लागि अध्यक्षको दावेदारी रहेको बताउनु भयो ।
    २००९ सालबाट काभ्रे जेसीजबाट जेसीज यात्रामा होमिनु भएका मानन्धर त्यसयता निरन्तर रुपमा जेसीजमा रहेर काम गर्नु भएका व्यक्ति हुन् । सन २०१० काभ्रे जेसीजको उपाध्यक्ष, २०१२ कार्यकारीणी उपाध्यक्ष, २०१४ मा महासचिव र २०१५ मा काभ्रे शाखाको अध्यक्षमा रहेर नेतृत्व गरिसक्नु भएको छ । यतिले मात्र उहाँको जेसीज जीवनले सार्थकता पाएन । सन २०१६ नेपाल जेसीजले आइटी चेयर मेनको जिम्मेवारी प्रदान गरेको थियो । २०१७ मा निर्वाचित उपाध्यक्ष हुनु भएका मानन्धर सोही वर्ष ‘मे’ महिनामा उत्कृष्ट अफिसरको अवार्ड प्राप्त गर्नु भयो । भैरहवामा भएको ४४ औँ महाधिवेशनमा वर्ष २०१८ का लागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएका उहाँ पुनः जुन महिनामा उत्कृष्ट अवार्ड प्राप्त गर्नु भयो । साथै वर्ष २०१८ मा मानन्धरलाई अन्तराष्ट्रिय क्षेत्रको कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । शालिन र लगनशिलक प्रयाय मानन्धरले क्षेत्र ‘क’ को निरुपित उपाध्यक्षमा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो । जहाँ ३७ वटा शाखा रहेका छन् । गत भदौमा भएको क्षेत्र ‘क’ सम्मेलन उत्कृष्ट सम्मेलनका रुपमा समेत सम्पन्न गर्नु भएको थियो । अध्यक्षका प्रत्यासी रहनु भएका मानन्धर प्रिन्टिङ व्यवसायि हुनुहुन्छ । उहाँले काभ्रेमा आदर्श फ्ल्यक्स प्रिन्ट सञ्चालन गर्दै आउनु भएको छ ।



    यसैगरी अर्का अध्यक्ष प्रत्यासीका रुपमा पूर्वका सफल व्यवसायी अशोक शंकर रहुन भएको छ । पथरी जेसीजका संस्थापक अध्यक्ष पूर्व क्षेत्रमै प्रख्यात र लोकप्रिय शंकर ज्वेलर्सका सञ्चालक हुनुहुन्छ ।
    देशभर जेसीजको चाम बढिरहेको अवस्थामा पथरी क्षेत्रका युवाहरुलाई समेटेर उहाँले जेसीजको स्थापना गर्नु भएको थियो । ३० जना युुवाहरुको सहकार्यमा लेटाङ जेसीजको मातृत्वमा स्थापना गरिएको पथरी जेसीजका संस्थापक अध्यक्षको जिम्मेवारी लिनु भएको थियो उहाँले ।
    व्यवसाय क्षेत्रमा क्रियाशिल शंकरले जेसीजका माध्यमबाट उद्यमशीलताको विकासका लागि शाखाको स्थापना गरेको बताउनु भयो । जसले आज सार्थकता पाएको उहाँको बुझाइ छ ।
    सन २०१४ वर्ष नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका शंकर भैरहवामा भएको महाधिवेशनबाट कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी पाउनु भएको थियो । क्षेत्र ‘घ’ को निरुपित उपाध्यक्ष समेत रहुन भएका शंकरले गत बैशाख २८ र २९ गते सम्पन्न क्षेत्र ‘घ’ सम्मेलन अहिलेसम्मकै उत्कृेष्ट सम्मेलन गर्न सफल हुनु भएको थियो । जेसीजमा रहेर विभिन्न देशहरुमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दै सहभागि हुनु भएको छ । उहाँले जापान वल्र्ड कंग्रेस (२०१४) फिलिपिन्स, कोरिया, जर्मन, अस्ट्रेलियालगायतका देशमा सहभागिता जनाइसक्नु भएको छ ।

    ४५ औँ महाधिवेशनको आतिथ्यता शाखा जनकपुर जेसीजका पूर्व अध्यक्ष मनिष रमन शाहले पनि अध्यक्षको प्रत्यासीमा आफ्नो नाम दर्ता गर्नु भएको छ । महाधिवशेनका उप निर्देशक समेत रहनु भएका शाह सन २००५ मा जनकपुर जेसीजको साधारण सदस्य लिनु भएको थियो । त्यसयता उहाँ निरन्तर जेसीजमा आबद्ध रहेर काम गर्नु भएको छ । २००६ शाखाको उपाध्यक्ष, २००७ कार्यकारीणी उपाध्यक्ष, २००८ महासचिव, २०१० कोषाध्यक्षको जिम्मेवारी लिनु भएको उहाँले
    २०११ मा शाखाको नेतृत्व गर्नु भयो । सन २०१२ मा नेपाल जेसीजको क्षेत्र ‘क’ को राष्ट्रिय वातावरण समितिको संयोजक, २०१३ नेपाल जेसीजको बोर्डको सल्लाहकार, २०१४ उत्कृष्ट युवा छनोट समितिको सभापति, २०१५ कार्यकारीणी उपाध्यक्षमा रहेर आफ्नो कार्यकुशलता प्रर्दशन गरिसक्नु भएको छ ।
    २०१५ नेपाल जेसीजको प्रतिनिधित्व गर्दै २८ औँ जेसीआई टोकियोमा सहभागि हुन भएका शाह २०१६ राष्ट्रिय कोषाध्यक्ष, २०१७ मा अध्यक्ष सल्लाहकार र २०१८ को महाधिवेशन सम्मेलन उपनिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँले २००६ बेष्ट अफिसर र २००५ बेष्ट ओरेटरको अवार्ड समेत प्राप्त गुर्न भएको थियो । आफ्नो शाखाले महाधिवेशन गर्ने तयारी गरीरहेको अवस्थामा महाधिवेशन जति सफल र उत्कृष्ट हुन्छ त्यति नै आफ्नो उम्मेदवारी दरो हुने बताउँदै अहिले महाधिवेशन केन्द्रीत रहेको उहाँले बताउनु भयो ।
    यसैगरी, बाग्लुङ जेसीजका पूर्व अध्यक्ष सुदिपराज भण्डारी पनि अध्यक्षको प्रत्यासीको दौडमा हुनुहुन्छ । सन २००२ मा बाग्लुङ जेसीजको साधारणसदस्य लिनु भएका राजभण्डारीको १६ वर्षको लामो जेसीज यात्रामा अध्यक्षको दावेदारीको रुपमा अगाडी आउनु भएको छ । हुन त उहाँले २०१५ देखि नै अध्यक्षमा उठ्ने इच्छा प्रकट गरेता पनि पालो पर्खाइले गर्दा २०१८ सम्म आइपुग्नु परेको छ ।
    सन २००५ मा शाखाको महासचिव, २००६ मा कार्यकारीणी उपाध्यक्ष
    र २०१० मा शाखाको अध्यक्षमा रहेर कुशल नेतृत्व गर्नु भएको थियो । सोही कुशल नेतृत्वको प्रभावले सोही वर्ष नेपाल जेसीजबाट उत्कृष्ट अध्यक्षको तारा अवार्डबाट पुरस्कृत समेत हुनु भएको थियो । सन २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आइटी प्रोगाम कोडिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी बहन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…