• उर्लाबारी । ६ महिना अघिदेखि ढाड र खुट्टा दुख्ने बिमारले सताई रहेका उर्लाबारी -५, धावनी चोक, निवसी २८ वर्षीय सुक्रराज राईले विभिन्न ठाँउमा साधारण उपचार गर्दा पनि बिमार पत्ता लागेन।

    त्यसपछि ठुला अस्पतलमा उपचार गर्ने खर्च नभएपछि अोछ्यानमा सहयोगी हातका खोजीमा थलिएका थिए ।

    गाँउका स्थानीय कल्बहरूले देउसी र नाचगानबाट उठेका केही रकम उनलाई दिने भनेर गाँउ भरी हल्ला चलिरहदा सामुदायिक विकास मञ्चले पनि सहयोग गर्नु पर्यो भनि सहयाेग गर्ने निधाे गर्याे ।

    संस्थाका पदाधिकारीहरूले उर्लाबारी वडा नं-६ का वडा अध्यक्ष चिन्तामणी पोडेललाई अवगत गराए ।

    कांग्रेस सभापति तथा पूर्व संसद डिक बहादुर लिम्बु,उर्लाबारी नगरप्रमुख मेयर खड्गबहादुर फागो, ललित अधिकारी लगायत बिभिन्न ब्याक्तीहरू संग बिमारीको घरमा आज आई बिमारीको अबस्था र अार्थिक अबस्था बारेमा बुझे पछि नगर प्रमुख मेयरले खाना खर्च नगद ५ हजार बिरामीलाई प्रदान गर्नु भयो ।

    आज नै डिक बहादुर लिम्बु ज्यूले एम्बुलेन्स मार्फत बिमारीलाबई नोबेल अस्पताल पठाउनु भएको छ र बिमारीको सम्पुर्ण खर्च वहाँहरूले नै बन्दोबस्त गरी दिने समेत जानकारी गराउनु भएको छ।

    घर परिवारबाट बिरामीसँग जाने कोही नभएपछि सोही स्थानका युवा छत्र राईले छिमेकी भाईलाई बिमारीको साथी खोजेर पठाउनु भएको जानकारी भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…