• काठमाडौं : नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा रहेको वर्तमान सरकार नौ महिनामा पूर्णात: असफल भएको आरोप लगाएको छ।
    बिहीबार पत्रकार सम्मेलन गर्दै कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पाँच महिनामा समीक्षा गर्दा बल्लतल्त उत्तारित भएको भए पनि नौ महिनामा 'फेल' नै भएको बताएका हुन्।
    'यो सरकार नौ महिनाको ९०० पूर्णाङको ९ विषयको परीक्षामा नौ विषयमै फेल भएको छ', प्रवक्ता शर्माले भने,' अब वार्षिक परीक्षामा पास होस्। हाम्रो शुभकामना।' उनले सुशासनको क्षेत्रमा सरकार कहाँ छ भन्ने प्रश्न गर्नुपर्ने बेला आएको बताए।
    'यो नौ महिनामा हत्या, बलात्कारका घटना बढेका बढै छन्', उनले भने, ' नेपालमा सरकार कहाँ छ भनेर सोध्नुपर्ने बेला आएको छ।' यस्तै, निर्मलाको परिवारले अहिलेसम्म न्याय नपाएको सन्दर्भ झिक्दै उनले थपे, 'प्रधानमन्त्री ज्यू तपाईंको साम्राज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भएको हो?'
    मन्त्रिपरिषद्ले आफ्ना निर्णय सात दिनमा सार्वजनिक गर्ने सरकारको निर्णयप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। २४ घण्टाभित्र सूचना पाउने नागरिकको हक र पारदर्शिता देखाउनुपर्ने उनले बताए। जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटन भारतको विहार राज्यका मुख्यमन्त्रीले गर्ने विषयले पनि कांग्रेसको गम्भीर ध्यानकर्षण भएको शर्माले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…